जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो
सारांश
- दसैँ सुरु भएसँगै भारतबाट नेपाल फर्किने नेपालीको संख्या बढेको छ।
- जमुनाह नाकाबाट एक सातामा ३५ हजारभन्दा बढी स्वदेश फर्किएका छन्।
- प्रहरीले आवागमनलाई सहज बनाउन सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरेको छ।
नेपालगञ्ज । दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको घुइँचो लाग्न थालेको छ । पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढेको बताए । एक सातामा यस नाकाबाट ३५ हजार १७५ जना स्वदेश फर्किएका छन् । त्यसैगरी ३४ हजार ७१० भारततर्फ गएका छन् ।
‘आजदेखि त भारतबाट नेपाल आउनेको चाप बढन थालेको छ’, उनले भने । दैनिक करिब दुई हजारको हाराहारीमा नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्किरहेको उनको भनाई छ । केही दिनअघि भएको जेनजी प्रदर्शनका क्रममा सीमा नाका बन्द थियो । नाका पुनः सञ्चालनमा आएपछि भारतबाट आउने नेपालीको सङ्ख्या बढेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले आवागमनलाई सहज बनाउन सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरेको छ । सो कक्ष नेपालगञ्जको बसपार्क र कोहलपुरको बसपार्कमा समेत स्थापना हुने जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण