'सुशीला कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको सन्तुलन मिलाउन सक्नुपर्छ'
सारांश
- विज्ञहरूले राजनीतिक परिवर्तनलाई सफल पार्न छिमेकी देशहरूको सहयोग आवश्यक रहेको बताए।
- क्लाउडका अध्यक्ष र विज्ञहरूले चीन र भारतको सहयोगबाट स्थिरता र विकास हासिल गर्नुपर्नेमा जोड दिए।
- उनीहरूले युवा आन्दोलनको व्यवस्थापन र सुशीला कार्की नेतृत्वको सरकारको भूमिकाबारे चर्चा गरे।
काठमाडौँ । मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको विज्ञहरूले बताएका छन् ।
फ्रेन्डस अन क्लाउडले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस भुसाल लगायतले जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरि मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्ने धारणा राखे ।
पश्चिमा शक्तिको प्रभावले छिमेकी मुलुकको सुरक्षामा गम्भीर समस्या उत्पन्न गर्न सक्ने भन्दै उनीहरूले संकटको घडीमा छिमेकी देशबाट सहयोग र संरक्षण प्राप्त भैरहेको स्मरण गरे ।
चीनसंग रणनीतिक साझेदारमा जोड दिँदै शिक्षा, पर्यटन, स्वास्थ्य, युवा लगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्न सकिने उनीहरूको धारणा थियो ।
नेपालमा युवाहरूको आन्दोलन भ्रष्टाचार विरुद्ध भएको स्पष्ट भएकाले सुशीला कार्की नेतृत्वको सरकारले आन्तरिक र बाह्य शक्तिको सन्तुलन मिलाउन सक्नुपर्ने उनीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण