ऊर्जा आयोगमा सरुवा गरिएका हितेन्द्रले पाउनेछन् मासिक झन्डै ३ लाख सेवा सुविधा
सारांश
- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको छ ।
- शाक्यलाई विशिष्ट श्रेणी सरहको विज्ञ पदमा नियुक्त गरिएको छ र उनले मासिक २ लाख ९४ हजार ९२० रुपैयाँ पाउनेछन् ।
- शाक्यलाई प्राधिकरणबाट हटाएपछि उनले अदालत जानेबारे नसोचेको र सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य ऊर्जा आयोगमा ‘सरुवा’ भए । कार्यकारी निर्देशकमा नियुक्त भएको १८४ दिनपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई ऊर्जा आयोगमा विशिष्ट श्रेणी सरहको विज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका उनलाई नयाँ नियुक्ति दिए पनि वास्तवमा भने उनलाई कार्यकारी निर्देशकबाट हटाइएको हो । उनको ठाउँमा प्राधिकरणकै पूर्व कार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरिएको छ ।
उनलाई नेपाल सरकारको विशिष्ट श्रेणी अर्थात् सचिव सरहको पदमा नियुक्त गरिएको हो । यस अनुसार उनको मासिक पारिश्रमिक ७३ हजार ७३० रुपैयाँ हुन आउँछ । त्यसबाहेक व्यावसायिक भत्ताहरूबापत मासिक २ लाख २१ हजार १९० रुपैयाँ थप हुने जनाइएको छ ।
यसरी शाक्यले आयोगमा रहँदा मासिक २ लाख ९४ हजार ९२० रुपैयाँ बराबरको तलब तथा सुविधा पाउनेछन् । प्राधिकरणमा शाक्यले पाउँदै आएको सुविधा नघट्ने गरी यो सुविधा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।
शाक्य इञ्जिनियर हुन् । उनी प्रसारण लाइनको सन्दर्भमा विज्ञ समेत मानिन्छन् । विद्युत् प्राधिकरणमै काम गरेर उप कार्यकारी निर्देशक भएका शाक्य पहिलोपटक २०७८ सालमा कार्यकारी निर्देशकमा नियुक्त गरिएका उनी १९२ दिन कार्यकारी निर्देशक बनेका थिए । तर सरकार परिवर्तनसँगै उनलाई ऊर्जा आयोगमा सरुवा गरिएको थियो । आफ्नो सरुवा विरुद्ध उनी अदालत समेत गएका थिए । तर, अहिलेसम्म उक्त मुद्दामा फैसला भएको छैन । फैसला नहुँदै उनको कार्यकाल सकिएको छ ।
दोस्रोपटक गत चैतमा उनलाई कार्यकारी निर्देशक बनाइएको थियो । त्यतिबेला भने हालका उर्जामन्त्री कुलमान घिसिङलाई पदबाट हटाएर उनलाई नियुक्ति गरिएको थियो । अहिले घिसिङ मन्त्री भएलगत्तै उनलाई सरुवा गरिएको हो ।
सुरुकै मुद्दामा अहिले भने शाक्य अदालत जाने पक्षमा छैनन् । बरु ऊर्जा आयोगमा गरिएको नयाँ नियुक्तिलाई स्वीकार गर्ने उनको मनस्थिति देखिएको छ । विद्युत् प्राधिकरणबाट हटाइएपछि रातोपाटीसँग कुरा गर्दै उनले भनेका छन्, ‘सरकारले असल नियतले ऊर्जा आयोगमा सरुवा गरेको भए सहयोग गर्न तयार छु, अदालत जानेबारे अहिलेसम्म केही सोचेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण