सुदूरपश्चिममा १ हजार ४५८ जना कैदीबन्दी फरार भएकोमा ८४५ जनामात्रै कारागार फर्किए
सारांश
- सुदूरपश्चिम प्रदेशका कारागारमा भएको तोडफोड र अराजकताको फाइदा उठाउँदै ठूलो संख्यामा कैदीबन्दी भागे।
- फरार १,४५८ कैदीबन्दीमध्ये ८४५ जना फर्किएका छन्, ६१३ जना अझै सम्पर्कमा छैनन्।
- फरार कैदीहरूमा लागूऔषध र चोरी जस्ता गम्भीर अपराधका दोषीहरू पनि छन्, र उनीहरूको खोजी भइरहेको छ।
धनगढी । जेनजी आन्दोलनका बेला सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारमा भएको तोडफोड र अराजकताको फाइदा उठाउँदै ठूलो संख्यामा कैदीबन्दीहरू भागेका थिए।
प्रदेश प्रहरीका अनुसार १ हजार ४ सय ५८ जना कैदीबन्दी फरार भएकोमा अहिलेसम्म ८४५ जना मात्रै कारागार फर्किएका छन्। बाँकी ६ सय १३ जना अझै सम्पर्कमा आएका छैनन्।
फरार हुनेमा लागूऔषध, हातहतियार, चोरी जस्ता गम्भीर अपराधमा सजाय काटिरहेका कैदीहरू पनि छन्। खासगरी कैलाली र कञ्चनपुरका कारागारबाट भागेका २१ जना भारतीय कैदीमध्ये २० जना अझै पक्राउ परेका छैनन्। कैलाली कारागारमा एकजना भारतीय कैदी मात्रै फर्किएका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार, फरार कैदीहरू भारततर्फ भागेको हुनसक्ने आशंकामा सीमा क्षेत्रमा निगरानी बढाइएको छ।
उनीहरूको खोजीका लागि भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको छ। प्रहरीले फरार कैदीहरूलाई देखेमा तुरुन्तै खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सुरुमा त्रासको वातावरण भए पनि केही कैदीहरू फर्कन थालेपछि अवस्था सामान्य बन्दै गएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण