बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शाहरुख र विक्रान्तलाई ‘सर्वश्रेष्ठ अभिनेता’ को राष्ट्रिय चलचित्र पुरस्कार

मङ्गलबार, ०७ असोज २०८२, २० : ३४
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • शाहरुख खान र विक्रान्त मेसीले 'सर्वश्रेष्ठ अभिनेता' को राष्ट्रिय चलचित्र पुरस्कार जिते।
  • राष्ट्रपति द्रौपदी मुर्मुले उनीहरूलाई पुरस्कार प्रदान गरिन्।
  • यो पुरस्कार २०२३ मा प्रदर्शनमा आएका चलचित्रहरूमा आधारित थियो।

नयाँ दिल्ली। अभिनेता शाहरुख खान र विक्रान्त मेसीले 'सर्वश्रेष्ठ अभिनेता' को राष्ट्रिय चलचित्र पुरस्कार पाएका छन्। उनीहरूलाई यो पुरस्कार राष्ट्रपति द्रौपदी मुर्मुले प्रदान गरिन्।

शाहरुखलाई उनको चलचित्र 'जवान' का लागि र विक्रान्तलाई '१२वीं फेल' का लागि यो सम्मान दिइएको हो। गत महिना ७१औँ राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको घोषणा भएको थियो भने मंगलबार नयाँ दिल्लीको विज्ञान भवनमा पुरस्कार समारोह आयोजना गरिएको थियो।

यी पुरस्कार सन् २०२३ मा प्रदर्शनमा आएका चलचित्रहरूमा आधारित छन्।

bf41a465-97df-475a-a93e-5b5346962394.jpg

विजेताहरूको सूची:

  • सर्वश्रेष्ठ फिचर चलचित्र: १२वीं फेल
  • सर्वश्रेष्ठ निर्देशन: सुदीप्तो सेन (द केरला स्टोरी)
  • सर्वश्रेष्ठ अभिनेता: शाहरुख खान (जवान), विक्रान्त मेसी (१२वीं फेल)
  • सर्वश्रेष्ठ अभिनेत्री: रानी मुखर्जी (मिसेज चटर्जी भर्सेस नर्वे)
  • सर्वश्रेष्ठ हिन्दी चलचित्र: कटहल
  • सर्वश्रेष्ठ लोकप्रिय मनोरञ्जनात्मक चलचित्र: रकी और रानी की प्रेम कहानी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप