गीतकार अधिकारीले दशैँलाई भन्दै चेपाङ बस्तीमा बाँडे राहत
सारांश
- गीतकार डा. रुद्रनाथ अधिकारीले चितवनको चेपाङ बस्तीमा दशैंका लागि राहत वितरण गरे।
- उनले विपन्न चेपाङ समुदायलाई चामल, चिउरा, न्यानो कपडा र कम्बल वितरण गरेका थिए।
- राहत वितरण कार्यक्रममा रोटरी क्लबका सदस्य र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ । गीतकार डा.रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दशैंका लागि राहत वितरण गरेका छन् ।
विपन्न निमुखा दुई सयजना चेपाङहरूलाई दशैँ मान्न सजिलो होस् भनेर उनले चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन् । पूर्वी चितवन रोटरी क्लबको समन्वय रहेको कार्यक्रममा उनकी धर्मपत्नी लक्ष्मीसहितको टोलीले राहत दिएको हो ।
गरिब, निमुखाको घरमा पनि दशैँ लागोस् भनेर आफूले सक्दो राहत वितरण गरेको गीतकार अधिकारीले बताए । अधिकारीले अत्ति विपन्न परिवारलाई यस्तो सहयोग गर्न पाउँदा खुसी लागेको धारणा राखेका थिए ।
‘मैँले चितवन जस्तो विकसित र शिक्षित जिल्लामा पनि यति धेरै विकट ठाउँ, चरम गरिबी, अशिक्षा अनि भोकमरी होला भन्ने सोचेको थिइन् ’, अधिकारीले भने ‘यो कल्पना भन्दा बाहिर थियो, जहाँको भौगोलिक विकटता, न्यूनतम आधारभूत आवश्यक्ताहरु अभावका साथसाथै चेतनाको स्तर समेत आजको २१औं शताब्दीमा यस्तो शून्य अवस्था देख्दा मुटु, धड्कन र मस्तिष्क नै ठप्प भएर रोकिएको अनुभव भयो ।’ अधिकारी गीतकारका अलावा ज्योतीस तथा समाजसेवी पनि हुन् ।
कार्यक्रममा पूर्वीचितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष तथा स्थानीय समाजसेवी राममणि न्यौपाने, पूर्वअध्यक्ष परमात सेढाईलगायतले राहत वितरणमा सहजीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण