ठाकुरले खोलिदिए पार्टी नेतृत्व परिवर्तनको बाटो
काठमाडौँ । दलहरूमा पुस्तान्तरको बहस चलिरहेको बेला लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी नेतृत्व परिवर्तनको बाटो खोलिदिएका छन् ।
हिजो मंगलबार बसेको लोसपा नेपालको बैठकमा अध्यक्ष ठाकुरले पार्टीको नेतृत्वमा कोही आउन चाहे आफूले छाडिदिने प्रस्ताव बताएका हुन् ।
जेनजी आन्दोलनपछि हरेक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठिरहेको छ । तर अध्यक्ष ठाकुर यसरी पार्टी छलफलमै यस्तो प्रस्ताव लैजाने पहिलो अध्यक्ष भएका छन् । बैठकमा सहभागी एक नेताले भने, ‘पदाधिकारी बैठकमा नेतृत्वको परिवर्तनको एजेन्डा नै थिएन, तर अध्यक्षजीले आफै सो प्रस्ताव ल्याउनु भएको हो ।’
नेतृत्व लिन कोही तयार भए अध्यक्ष ठाकुरले महाधिवेशनबाट हस्तान्तरण गर्ने मुडमा देखिएका ती नेताले बताए ।
लोसपाले चैतमा महाधिवेशन गर्ने यसअघि निर्णय गरेको थियो, तर फागुनमा प्रतिधिनिधि सभाको चुनाव हुने भएपछि त्यसअघि नै महाधिवेशन गर्ने गृहकार्य पनि सुरु गरेको छ । निर्वाचनका लागि दल दर्ता गर्न चाहिने कागजातका लागि पनि लोसपाले फागुनअघि नै महधिवेशन गर्ने अवस्था आएको ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण