सर्लाहीमा बस र चामल बोकेको ट्रक ठोक्किँदा ११ यात्रु घाइते
लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जंगलको दोस्रो लच्का नजिकै बुधबार दिउँसो यात्रुवाहक बस र चामल बोकेको ट्रक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको र उनीहरूको बर्दिबास तथा लालबन्दीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी चौकी फुलजोरका अनुसार काठमाडौँबाट विराटनगर जाँदै गरेको बाप्र०१–००६ ख ६३०६ नम्बरको ‘समय’ नामक बस जसमा ३९ यात्रु सवार थिए र महोत्तरीको रामगोपालपुरबाट भैरहवा जाँदै गरेको ना६ख २९२८ नम्बरको चामल लोड ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनापश्चात् दुवै सवारी साधन आ–आफ्नो लेनबाट सडकमुनि पल्टिएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीका अनुसार सडक अवरुद्ध नभएको र थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण