२४ घण्टामा ५८४ कैदीबन्दी कारागार फर्काइए
बुधबार, ०८ असोज २०८२, १९ : ४५
काठमाडौँ । कारागारबाट भागेका कैदीबन्दीलाई प्रशासनले धमाधम कारागार फर्काइरहेको छ । प्रहरीले देशभर भागेका कैदीबन्दीलाई पक्राउ गरिरहेको छ । कतिपय कैदीबन्दीहरु आफैँ फर्केका छन् ।
पछिल्लो २४ घण्टामा ५ सय ४८ जना कैदीबन्दीलाई कारागार फर्काइएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले रातोपाटीलाई बताए ।
मंगलबार दिउँसोसम्ममा ७ हजार १८७ जना कैदीबन्दी कारागार फर्केका थिए । बुधवार मध्यान्ह सम्ममा ७ हजार ७३५ जना कैदीबन्दी कारागार तथा बालसुधार गृहमा फिर्ता भएका हुन् ।
जेनजी प्रदर्शनको क्रममा जेल तोडेर १३ हजार ५८५ कैदीबन्दी भागेका थिए । विभागका अनुसार अब ६ हजार ८१३ जना फिर्ता आउन बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण