बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पक्राउ

कारागारबाट भागेकामध्ये एकै दिन ६२८ कैदीबन्दी फर्किए

बुधबार, ०८ असोज २०८२, २३ : १३
बुधबार, ०८ असोज २०८२

सारांश

  • भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भागेका ६२८ कैदीबन्दी बुधबार एकै दिन कारागार फर्किए।
  • अहिलेसम्म ७ हजार ७३५ कैदीबन्दी कारागार फर्किएका छन्, भने अधिकांश आफैं फर्किएका हुन्।
  • जेनजी प्रदर्शनका क्रममा १४ हजार ५५६ कैदीबन्दी भागेका थिए, जसमा देशभरका २८ कारागार र ९ सुधारगृह थिए।

काठमाडौँ।  गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये बुधबार एकै दिन ६२८ जना कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागले आजसम्म सात हजार ७३५ कैदीबन्दी कारागारमा फर्किएका जानकारी दिएको छ । यसअघि हिजोसम्म सात हजार १०७ जना कैदीबन्दी कारागार फर्किएका विभागले जनाएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बुधबार एकै दिन सबैभन्दा धेरै ६२८ जना कैदीबन्दी कारागार फर्किएका जानकारी दिए । उनले अधिकांश बैदीबन्दी आफैँ आइरहेका भन्दै कतिपयलाई पक्राउ गरेर ल्याइएको बताए। 

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए । देशभर ३० हजार ६४० कैदीबन्दी थिए । जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड तथा आगजनी हुँदा कैदीबन्दी मुलुकभरका कारागारबाट बन्दी भागेका थिए । नेपालका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट उनीहरू भागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप