सलमानले देखाए पिता बन्ने इच्छा
सारांश
- अभिनेता आमिर खान र सलमान खान 'टू मच' टक शोको पहिलो एपिसोडमा देखिएका थिए।
- शोमा उनीहरूले करियर, व्यक्तिगत जीवन र मित्रताको बारेमा कुरा गरे र सम्बन्धबारे अनुभव साटे।
- सलमानले सम्बन्ध टिक्न नसक्नुका कारण र पिता बन्ने इच्छाबारे पनि कुरा गरे।
नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खान र सलमान खान अभिनेत्री ट्विंकल खन्ना र काजोलको टक शो ‘टू मच’ को पहिलो एपिसोडमा देखा परेका थिए । यस शोमा दुवै अभिनेताले आफ्नो करियर, व्यक्तिगत जीवन र मित्रताको बारेमा छलफल गरे । सुरुमा सलमानसँगको आफ्नो सम्बन्ध राम्रो नभएको आमिरले खुलासा गरे ।
‘त्यतिबेला मलाई लाग्थ्यो कि भाइ (सलमान) समयमा आउँदैनन् । अन्दाज अपना अपनाको छायाङ्कनमा हामीलाई धेरै समस्या भएको थियो । म त्यति नै बेला निकै कठोर व्यक्ति थिएँ’ आमिरले भने ।
शोका क्रममा आमिरले सलमानसँगको आफ्नो सम्बन्ध कसरी परिवर्तन भयो भनेर पनि बताए । आफ्नी पहिलो पत्नी रीनासँगको सम्बन्ध विच्छेद सलमानसँगको सम्बन्ध फेरिएको उनको भनाइ थियो । ‘याद छ ? तिमी डिनरमा आएका थियौ । त्यति नै बेला पहिलो पटक सलमान र म ठिकसँग कनेक्ट भयौँ’ आमिरले भने ।
शोमा सलमानले पनि आफ्ना व्यक्तिगत अनुभवहरू सेयर गरे । ‘जब एउटा पार्टनरले अर्को भन्दा बढी प्रगति गर्न थाल्छ, तब फरक देखिन थाल्छ, असुरक्षा महसुस हुन थाल्छ’ उनले भने । ‘यार सम्बन्ध टिकेन त टिकेन के गर्ने... कसैलाई दोष दिनु छ भने मलाई देऊ’ सम्बन्धहरू किन टिकेन भनेर आमिरले सोध्दा सलमानको जवाफ थियो । यही शोमा सलमानले पिता बन्ने इच्छाबारे पनि कुरा गरे ।
‘बच्चा त हुन्छन्, छिटै नै हुन्छन् । बस समय आउन देऊ, अनि हेर ।’ ट्विंकल खन्ना र काजोलको शो ‘टू मच’ सेप्टेम्बर २५ मा प्राइम भिडियोमा प्रसारण हुन थालेको छ । शोका नयाँ एपिसोडहरू हरेक बिहीबार प्रसारण हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण