राष्ट्रका नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन (पूर्णपाठ)
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचन निष्पक्ष बनाउने प्रतिबद्धता जनाइन्।
- उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र युवा पुस्ताका मागहरूलाई संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्ने बताइन्।
- सरकारले निर्वाचनको तयारी सुरु गरिसकेको छ र जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । बिहीबार साँझ सिंहदरबारबाट प्रधानमन्त्री कार्कीले सरकार गठनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदान गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिए । उनले उत्साहका साथ निर्वाचनमा भाग लिई युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनबाट मात्रै संविधान संशोधन गर्न सकिने बताइन् । आन्दोलनमा क्रममा उठाइएका कतिपय विषयहरू सरकारको भन्दा बाहिर भएकाले निर्वाचनमा सहभागी भएर संवैधानिक तरिकाले संशोधन गर्न उनले आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको मुख्य माग भ्रष्टाचार र सुशासन रहेको बताउँदै सरकार त्यसप्रति जिम्मेवार भएर लाग्ने जिकिर गरिन् । उनले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको भर्त्सना गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाइन् ।
उनले विना झन्झट सेवा प्रवाह हुने हुने सुनिश्चितता दिलाउँदै भ्रष्टाचार न्यूनीकरण विधिको शासन, सामाजिक न्यायको प्रत्याभूति लगायत क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्ने जिकिर गरिन् ।
सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाइ, काम पन्छाउने, घुस माग्ने, अनावश्यक दुःख दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्नेजस्ता कार्य भएमा उजुरी गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताइन् ।
गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण