विमानस्थल नजिकै उडेको ड्रोन प्रहरीको नियन्त्रणमा
सारांश
- ओस्लो विमानस्थल नजिकै एक विदेशीले ड्रोन चलाउँदा नर्वेका अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।
- ड्रोनका कारण नर्वे र डेनमार्कमा उडानहरू अवरुद्ध भए, तर पक्राउ गरिएको छैन र सोधपुछ जारी छ।
- ओस्लो विमानस्थलको 'नो फ्लाई जोन' मा ड्रोन देखिएपछि स्क्यान्डिनेभियन विमानस्थलहरूमा उडान अवरुद्ध भएका थिए।
ओस्लो। ओस्लोको विमानस्थल नजिकै एक विदेशीले सञ्चालन गरेको ड्रोन नर्वेका अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। ड्रोनका कारण यस हप्ता नर्वे र डेनमार्कमा धेरै उडान अवरुद्ध भएका नर्वे प्रहरीका एक अधिकृतले बिहीबार बताए।
नर्वेको पूर्वी प्रहरी जिल्लाका अभियोजन प्रमुख लिसा मारी लोक्केले भने, “बुधबार साँझ ५० वर्ष नाघेका एक व्यक्तिले प्रतिबन्धित क्षेत्रमा ड्रोन उडाइरहेका थिए। यसले हवाई यातायातमा कुनै असर भने पारेको थिएन ।”
उनलाई पक्राउ गरिएको छैन तर प्रहरीले सोधपुछ भने गर्ने प्रमुख लोक्केले बताए ।
“हिजो राति ९ बजेतिर एउटा ड्रोन ओस्लो विमानस्थलको ‘नो फ्लाई जोन’मा प्रवेश गरेको सूचना प्रहरीलाई दिइएको थियो,” लोक्केले भने।
“हामी घटनास्थलमा पुग्दा पचास वर्ष नाघेका एक व्यक्तिले ड्रोन चलाइरहेको भेट्टायौँ”, उनले भने, “प्रहरीले उक्त उपकरण जफत गरेको छ।”
ड्रोन देखेको रिपोर्टपछि कोपनहेगन र ओस्लोसहित स्क्यान्डिनेभियन विमानस्थलहरूमा अस्थायी रूपमा आवागमन अवरुद्ध बनेको थियो ।
लोक्केले भने, “अहिले हामी यी घटनाबीच कुनै जोखिमयुक्त सम्बन्ध देख्दैनौँ।”
सोमबार रातिदेखि मङ्गलबारसम्म ओस्लो विमानस्थलको हवाई यातायात करिब तीन घण्टाका लागि बन्द गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण