सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले सीआईबीको अनुगमन गरेका छन्।
- जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीले सीआईबीको कार्यालयमा तोडफोड गरेका थिए।
- नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गरेका एआईजी डा. मनोज केसीलाई सीआईबीको प्रमुखमा सरुवा गरिएको छ।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् ।
जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित ब्युरोको कार्यालयमा तोडफोड गरेका थिए । ब्युरोको आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेको कागजात प्रदर्शनकारीले जलाएका थिए ।
सीआईका अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने बताएका छन् । ब्युरोको अनुगमन पछि अर्यालले भने, ‘अब ब्रेक थ्रु हुन्छ ।’
मन्त्रिपरिषद्ले सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीलाई सरुवा गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गरेका केसीले जिम्मेवारी समालेपछि ब्युरोमा पुगेका अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका वित्तीय अपराध र भ्रष्टाचारको अनुसन्धानमा अघि बढ्ने बताए । उनले भने, ‘राजनीतिक कनेक्सनको आधारमा अवरोध आइरहेको अनुसन्धान अघि बढ्छ ।’
भ्रष्टाचारबारे केही सूचना चुहिएको उल्लेख गर्दै अर्यालले अन्तरिम सरकारको पहिलो सर्त सुशासन भएको बताए । उनले भने, ‘अनुसन्धानमा हुने अवरोध हटाउनुपर्छ, हामीले सुशासन प्रवर्द्धन गर्ने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण