‘पार्टी विधान र संविधान संशोधनको वाचासहित दलहरू चुनावमा जानुपर्छ’
सारांश
- अधिवक्ता टिकाराम भट्टराईले जेनजी आन्दोलनपछि संविधानमा ग्रहण लागेको बताए।
- उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रममा प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिले संविधान उल्लंघन सुरु भएको बताए।
- भट्टराईले राजनीतिक दलहरूले निर्वाचनमा संविधान संशोधनको प्रतिबद्धता जनाउनुपर्ने बताए।
काठमाडौँ । अधिवक्ता टिकाराम भट्टराईले जेनजी आन्दोलनपछि संविधानमा ग्रहण लाग्नुका साथै संविधान उलङ्घन हुने हो कि भन्ने चिन्ता बढ्न पुगेको बताएका छन् ।
शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको संवाद कार्यक्रममा अधिवक्ता भट्टराईले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिमा संविधानमा ग्रहण लागेको तर त्यसपछि संविधान उल्लंघन गर्ने क्रम नरोकिएको बताए ।
‘संविधानका केही धारामा ग्रहण लागेको छ । कार्यकारी अधिकार प्रधानमन्त्रीमा मात्र निहित छैन’, उनले भने– ‘सर्वोच्च अदालतका न्यायाधीश मन्त्री बनाइएको छ’ उनले यसरी नै जाने हो भने थप संविधान मिचिँदै जाने सम्भावना बढेकाले सचेत र सतर्क हुनुपर्नेमा जोड दिए ।
‘संविधानमा ग्रहण लागेसँगै उल्लंघनतिर गएको छ’, भट्टराईले अब राजनीतिक दलले निर्वाचनमा जाँदा संविधानमा संशोधन गर्छौ भनेर जानुपर्नेमा जोड दिए । ‘जसमा जेनजीले उठाएका विषय समेट्नुपर्छ । पार्टी विधान पनि संशोधन गर्ने बाचासहित दलहरू चुनावमा जानुपर्छ’, भट्टराईको भनाइ छ ।
पत्रकार कनकमणि दीक्षितले नेपाललाई विदेशी मुलुकले शान्तिपूर्ण देश माने पनि पछिल्लो घटनाले नेपालको छवि धुमिल भएको बताए । उनले २३ र २४ गतेको घटनालाई छुट्टाएर हेर्नुपर्ने र दोषीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण