जेनजी आन्दोलनबाट प्रभावित निजी क्षेत्रमाथि अर्को चोट, प्रमाण नदिई बक्यौता उठाउने निर्णय
सारांश
- नेपाल विद्युत् प्राधिकरणले बिना प्रमाण बक्यौता उठाउने निर्णय गरेको छ।
- डेडिकेटेड तथा ट्रंक लाइन विवादपछि ५ प्रतिशत धरौटी राखेर प्रशासकीय पुनरावलोकनमा गएका उद्योगीहरूमा अन्यौलता बढेको छ।
- कुलमान घिसिङ ऊर्जा मन्त्री भएर आएकै दिन विद्युत् बक्यौता उठाउने निर्णय भएको थियो।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले बिना प्रमाण बक्यौता उठाउने निर्णय गरेको छ। शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
लामो समय देखि विवादित रहेको डेडिकेटेड तथा ट्रंक लाइन विवादपछि ५ प्रतिशत धरौटी राखेर प्रशासकीय पुनरावलोकनमा गएका उद्योगीहरूमा थप अन्यौलता सृजना भएको छ।
सञ्चालक समिति बैठकले प्राधिकरणले जे बिल पठाउँछ, त्यही नै अन्तिम हुने गरी निर्णय गरेर बक्यौता उठाउने निर्णय गरेको प्राधिकरण श्रोतले बताएको छ।
तत्कालीन नेतृत्वले उद्योगीलाई ५ प्रतिशत धरौटी राखेर प्रशासकीय पुनरावलोकनमा आउन समय दिएको थियो। उक्त समयमा ४६ उद्योग समितिसमक्ष निवेदन दिएका थिए।
कुलमान घिसिङ ऊर्जा मन्त्री भएर आएकै दिन विद्युत् बक्यौता उठाउने निर्णय गरेको थिए। त्यसलगत्तै प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई प्रमुख बनाएसँगै उनले पहिलो निर्णय प्रमाण बेगर नै बक्यौता उठाउने निर्णय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण