गृहको त्रुटिपूर्ण निर्णय सच्याउन बारको माग
सारांश
- नेपाल बार एसोसिएसनले गृह मन्त्रालयको निर्णय सच्याउन माग गरेको छ।
- बारले दण्डहीनतालाई प्रश्रय नदिन र कानुनको शासनको प्रत्याभूति गर्न माग गरेको छ।
- जेनजी प्रदर्शनको छानबिन रोकिएकोमा बारले आपत्ति जनाएको छ र कानुनी कारबाहीको माग गरेको छ।
काठमाडौँ। नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते गरेको निर्णय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा गृह मन्त्रालयलाई उक्त त्रुटिपूर्ण निर्णय सच्याउन माग गरिएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दण्डहीनतालाई प्रश्रय नदिनका लागि तत्काल कदम चाल्न जोडदार माग गर्दै कानुनको शासनको प्रत्याभूति र नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि गैरकानुनी कार्यमा संलग्न जोसुकैलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित सबै निकायलाई सचेतसमेत गराउँदछ ।’
गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको र आयोगको प्रतिवेदन प्राप्त नहुँदासम्म नियमित कानुनी कारबाही अगाडि नबढाइने भनी गृह मन्त्रालयद्वारा यही असोज ९ गते गरेको निर्णय सच्याउन माग माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘गृह मन्त्रालयको उक्त विज्ञप्तिले फौजदारी न्याय प्रणालीलाई गम्भीर रूपमा कमजोर पार्ने, दण्डहीनतालाई प्रोत्साहन गर्ने र यसबाट हिंसालाई थप प्रश्रय मिल्ने स्पष्ट सङ्केत देखाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘जेनजी प्रदर्शनका क्रममा स्वार्थ समूहद्वारा नियोजित तरिकाले गरिएको आपराधिक क्रियाकलापको अधिकार सम्पन्न निकायबाट हुनुपर्ने अनुसन्धानलाई रोक्ने गरी गृह प्रशासनबाट आएको सूचना मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को व्यवस्था विपरीत छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण