जनकपुरधाममा अव्यवस्थित फुटपाथ खाली गर्ने अभियान सुरु
सारांश
- जनकपुर उपमहानगरपालिकाले व्यापारीहरूले फुटपाथ खाली गर्ने अभियान सुरु गरेको छ।
- मेयरका अनुसार, फुटपाथको दुरुपयोगले पैदल यात्रीलाई समस्या भएको छ, र शनिबारदेखि सामान जफत गरिनेछ।
- नगर क्षेत्रमा ट्राफिक जाम कम गर्न र फुटपाथ व्यवस्थापनका लागि समन्वयको आवश्यकता छ।
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले अव्यवस्थित रूपमा व्यापारीहरूले कब्जा गरेका फुटपाथ खाली गर्ने अभियान सुरु गरेको छ ।
शुक्रवार बिहान १० बजेदेखि नगर प्रहरीको टोलीले रेल्वे स्टेसनदेखि भानुचोकसम्मको क्षेत्रमा अभियान सञ्चालन गर्दै स्पिकरमार्फत व्यापारीलाई फुटपाथमा राखिएको सामान आफ्नो सटरभित्र राख्न आग्रह गरेको छ ।
उपमहानगरपालिकाका मेयर मनोज साहका अनुसार फुटपाथ पैदल यात्रुहरूको सहज आवागमन र नगरको सौन्दर्यका लागि निर्माण गरिएको भए पनि व्यापारीहरूले चरम दुरुपयोग गरेकाले सर्वसाधारणलाई जोखिमपूर्ण रूपमा सवारी साधन चल्ने बाटोमै हिँड्न बाध्य बनाएका छन् । उनका अनुसार शुक्रबार चेतावनी मात्र दिइएको भए पनि शनिबारदेखि फुटपाथमा राखिएको सामान जफत गरिनेछ ।
नगर प्रहरीको टोलीले भानुचोकदेखि कदमचोकसम्मको क्षेत्रमा अनुगमन गर्दा कतिपय व्यापारीहरूले सटर हुँदा हुँदै पनि फुटपाथमै सामान राखेर विक्री गर्ने, बाइक, साइकल र ठेला समेत राखी पूर्ण रूपमा फुटपाथ कब्जा गरेको तथ्य भेटिएको छ ।
मेयर साहले व्यापारीहरूले अटेरी गरे कानुन बमोजिम कारवाही गरिने चेतावनी दिएका छन् । उनका अनुसार यो अभियान निरन्तर जारी रहनेछ ।
विद्यापतिचोक, रामचोक, जनकचोक, शिवचोक र भानुचोकलगायतका स्थानमा समेत फुटपाथ कब्जा गरेर पसल सञ्चालन गर्ने, चिया पसल खोल्ने प्रवृत्ति बढेका कारण सडकमा अनावश्यक ट्राफिक जाम हुने गरेको प्रहरीले जनाएको छ ।
फुटपाथ व्यवस्थापनलाई दीर्घकालीन बनाउन जनकपुर उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक कार्यालय, सरोकारवाला निकाय र उपमहानगरपालिकाले समन्वय गरेर ठोस कदम चाल्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण