अपडेट
आजै हाजिर हुन कार्यालय प्रमुखहरूलाई निर्देशन
शनिबार, १८ असोज २०८२, १४ : ०७
सारांश
- देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले सरकारले कार्यालय प्रमुखहरूलाई असोज १८ गतेसम्म कार्यस्थलमा पुग्न निर्देशन दिएको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सतर्कता, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्न निर्देशन दिएको छ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन गर्न पत्राचार गरेको छ।
काठमाडौँ । देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सबै मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ ।
यस्तै सोही अनुसार सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।
सोहीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न गर्न शनिबार पत्राचार गरेको शनिबार जारी सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण