पत्रकार सम्मेलन
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
आइतबार, १९ असोज २०८२, १५ : ०७
सारांश
- सहरी विकास मन्त्री कुलमान घिसिङले वर्षा र बाढीबाट मानवीय क्षति नभएको बताए ।
- इलाममा पहिरोका कारण मानवीय क्षति भएको उनले जानकारी दिए ।
- मन्त्री घिसिङले सडक अवरुद्ध भए पनि तत्कालै खोलिने बताए ।
काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले पछिल्लो दुई दिनको अविरल वर्षा र बाढीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति नभएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले विपद् व्यवस्थापनमा सरकारले अपनाएको सावधानी र सक्रियता, सूचना प्रवाहले मानवीय क्षति नभएको बताएका हुन् ।
यद्यपि उनले इलाममा पहिरो गएर मानवीय क्षति भएको बताए । इलाममा अतिवृष्टिका कारण बस्तीमा पहिरो जाँदा मानवीय क्षति भएको मन्त्री घिसिङको भनाइ छ । उनले सडक भत्किएर वा बगाएर मानवीय क्षति नभएको दाबी गरे ।
‘नदी नजिकको बस्ती बगाएर अथवा सडक भत्किएर कुनै पनि क्षति भएको छैन’,मन्त्री घिसिङ अवरुद्ध सडकहरू तत्कालै खोलिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण