मिथुन चक्रवर्तीका छोरामाथि नायिकासँग दुष्कर्म र बिना सहमती गर्भपतन गराएको आरोप
भारतीय अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयमाथि एक नायिकाले विवाहको प्रलोभन देखाएर दुष्कर्म र सहमती बिना गर्भपन गराएको आरोप लगाएकी छिन् । पीडिताले दिल्लीको बेगमपुर थानामा उनीविरुद्ध ऊजुरी दिएको तर पुलिसले दर्ता नगरेका कारण अदालतको ढोका ढक्ढकाएको जानकारी दिइन् । सोमबार रोहिणी कोर्टले महाअक्षय र उनकी आमा योगिता बाली विरुद्ध एफआइआर दर्ता गर्ने आदेश दिएको छ ।
नायिकाले महाअक्षयसँग आफ्नो भेट सन् २०१५ मा भएको जानकारी दिइन् । उनका अनुसार उनीहरुबीच फोनमा कुराकानी हुन थाल्यो । उनी भन्छिन्, ‘एकदिन महाअक्षयले उनलाई फिल्ममा रोल दिने भन्दै उनको फ्ल्याटमा बोलाए । नशालु पदार्थ मिसाएको पेय पदार्थमा पिलाएपछि दुष्कर्म गरेको र विरोध गर्दा विवाह गर्ने बचन दिएका थिए । त्यसपछि लगातार तीन वर्षसम्म थुप्रै पटक शारिरिक सम्बन्ध बनाएको र गर्भवती हुँदा केही ट्याब्लेट पनि खुवाए ।’
कुण्डली मिलाइरहेको भन्दै थुप्रै पटक विवाहको कुरा टार्ने गरेको पनि उनले जानकारी दिइन् ।
७ जुलाईमा हुँदैछ महाअक्षयको विवाहः
वकिलका अनुसार पीडितालाई गत महिनामात्र महाअक्षयको विवाह अर्की महिलासँग हुन लागेको थाहा भएको हो । उनीसँग यसबारे कुरा गर्दा महाअक्षयले नायिकाको नम्बर ब्लक गरिदिए । पीडिताले थुप्रै पटक मिथुनलाई यसबारे जानकारी दिने कोसिस गरिन् तर उनकी श्रीमती योगिता बालीले धम्की दिएर चुप गराइन् । अदालतले योगितालाई पनि आरोपी बनाउने आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण