दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरूको अदलीबदली
मङ्गलबार, २१ असोज २०८२, १४ : ०८
सारांश
- दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।
- श्रीनाथ गणको स्थानमा गोरख गणका जवानहरूले लिएका छन्।
- मिसनमा कार्यरत १७६ जना शान्ति सैनिक स्वदेश फर्किएका छन्।
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ।
यूनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४ औँ डफ्फालाई बदली गर्नका लागि नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाका जवानहरू मंगलबार मिसन इलाका प्रस्थान गरेका छन् । गणका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली मिसन इलाका प्रस्थान गरेको हुन्।
यसैगरी, उक्त मिसनमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए। हाल सुडान मिसनमा नेपाली सेनाका १७५७ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण