जेनजी आन्दोलनको असर : सिजनको सुरुमै घट्यो नेपाल भित्रिने पर्यटकको संख्या
सारांश
- सेप्टेम्बर महिनामा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १८.३ प्रतिशतले घटेको छ।
- दक्षिण एसिया र अन्य एसियाली राष्ट्रहरूबाट पर्यटक आगमनमा भारी गिरावट आएको छ, जसले समग्र पर्यटनलाई प्रभावित गरेको छ।
- जेनजी आन्दोलन र सुरक्षा जोखिमका कारण पर्यटकहरू नेपाल आउन डराएको पर्यटन व्यवसायीहरूको भनाइ छ।
काठमाडौँ । सिजनको सुरुवातमै नेपाल भित्रिने पर्यटकको संख्या घटेको छ । सेप्टेम्बर महिनामा सेप्टेम्बरमा कुल ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएका छन् ।
जुन तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.३ प्रतिशतले कमी भएको नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जबकि सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल आएका थिए ।
सिजनको सुरुमै (सेप्टेम्बर ८ र ९) जेनजी आन्दोलन हुँदा यसको असर पर्यटन क्षेत्रमा परेको आँकलन गरिएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अशान्ति फैलिएसँगै पर्यटकहरू पनि नेपाल आउन डराएको हुनसक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।
विभागको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटकमध्ये दक्षिण एसिया क्षेत्रबाट २४ हजार २८५ पर्यटक आएका छन्, जबकि सन् २०२४ मा ३३ हजार ६११ पर्यटक आएका थिए । यो २७.७% गिरावट हो ।
एसियाको अन्य क्षेत्रबाट सन् २०२५ मा १२,५९० पर्यटक यस क्षेत्रबाट आएका छन्, जुन सन् २०२४ को १८ हजार ९८९ को तुलनामा ३३.७% ले कम हो ।
यस्तै युरोपबाट पनि ८ सेप्टेम्बरमा आउने पर्यटकमा ८ प्रतिशत गिरावट आएका छन् । सन् २०२५ को सेप्टेम्बरमा १६ हजार ५९७ पर्यटक भित्रिएका छन्, जुन सन् २०२४ को १८ हजार ५० आएका थिए ।
सेप्टेम्बरमा यो वर्ष अमेरिकाबाट ११ हजार ५२३ पर्यटक आएका छन्, जबकि सन् २०२४ मा १२ हजार १४९ पर्यटक आएका थिए । यहाँ पनि ५.२% को कमी रहेको छ ।
यस्तै मध्यपूर्व क्षेत्रबाट २ हजार ३२८ पर्यटक आएका छन्, जुन सन् २०२४ को २ हजार ५८८ को तुलनामा १०.% ले कम हो । अफ्रिकाबाट सन् २०२५ मा ३४४ पर्यटक मात्र आएका छन्, जुन सन् २०२४ को ४५९ को तुलनामा २५.१% ले कम हो ।
यस्तै अन्य मुलुकहरूबाट सन् २०२५ मा ३ हजार ७३० पर्यटक आएका छन्, जुन सन् २०२४ को ४ हजार ९४८ को तुलनामा १८.३% ले कम हो ।
पर्यटक आगमनमा समग्र गिरावट देखिए पनि ओसेनिया क्षेत्रले भने सकारात्मक वृद्धि देखाएको छ । सन् २०२५ को सेप्टेम्बरमा ओसेनियाबाट ७ हजार ३१४ पर्यटक आएका छन्, जबकि सन् २०२४ मा ५ हजार ५०८ पर्यटक आएका थिए । यो ३२.८% को उल्लेखनीय वृद्धि हो ।
समग्रमा, सन् २०२५ को सेप्टेम्बरमा नेपालको पर्यटन क्षेत्रले अघिल्लो वर्षको तुलनामा ठुलो चुनौती सामना गरेको देखिन्छ। मुख्य बजार मानिने दक्षिण एसिया र अन्य एसियाली राष्ट्रहरूबाट पर्यटक आगमनमा आएको भारी गिरावटले यस वर्षको समग्र पर्यटन आगमनलाई प्रभावित गरेको छ ।
नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) ले नकारात्मक प्रचार र सुरक्षा जोखिमले पर्यटनमा गिरावट आएको बताएका छन् । यस्तो अवस्थामा नेपाल सुरक्षित छ भनेर सन्देश प्रवाह गर्न सक्नुपर्ने उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण