गाजा शान्ति वार्तामा सामेल हुँदै अमेरिकी विशेष दूत र ट्रम्पका ज्वाइँ
सारांश
- इजिप्टमा इजरायल र हमासका वार्ताकारहरूबीच गाजामा शान्ति स्थापनाका लागि वार्ता भइरहेको छ।
- अमेरिकी विशेष दूत स्टिभ विटकफ र डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड क्रुश्नर पनि वार्तामा सहभागी हुने भएका छन्।
- कतारका प्रधानमन्त्री शेख मोहम्मद बिल अब्दुल रहमान अल थानी मुख्य मध्यस्थकर्ताको रूपमा रहनेछन्, जसले युद्धविराम र बन्दीहरूको रिहाइमा जोड दिनेछन्।
वासिङ्टन डीसी । यतिबेला इजिप्टमा इजरायल र हमासका वार्ताकारहरूबिच गाजामा शान्ति स्थापनाका लागि वार्ता भइरहेको छ । यो वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड क्रुश्नर पनि सहभागी हुने भएका छन् ।
मंगलबार दोस्रो दिनको शान्ति वार्ता स्पष्ट नतिजाबिनै टुङ्गिएपछि वार्तामा विट्कफ र क्रुश्नर जान लागेका वार्तासँग परिचित वरिष्ठ प्यालेष्टिनी अधिकारीले बीबीसीलाई भने ।
मंगलबार दक्षिणी इजरायलमा हमासले आक्रमण गरेको दोस्रो वार्षिकोत्सव पूरा भएकै दिनमा गाजा वार्ताबारे ट्रम्पले सकारात्मक लवजमा बोलेका थिए । मध्य पूर्वमा शान्ति हुन सक्ने सम्भावना भएको उनको भनाइ थियो । वार्ताको अवस्थाबारे इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले कुनै पनि टिप्पणी गरेका छैनन् । माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा नेतन्याहुले युद्धको लक्ष्य हासिल गर्न इजरायलले निरन्तर काम गर्ने भनेका थिए ।
विटकफ र क्रुश्नर अमेरिकी समयअनुसार मंगलबार साँझ इजिप्टका लागि अमेरिकाबाट उड्ने र बिहीबार आइपुग्ने यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । यस वार्तामा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिल अब्दुल रहमान अल थानीलाई पनि मुख्य मध्यस्थकर्ताको रूपमा बताइएको छ । अल थानीले गाजामा युद्धविराम र बन्दीहरूको रिहाइ सम्झौतामा जोड दिने बताइएको छ । अल थानीसँग इजिप्टमा कतारका विदेश मन्त्री र टर्किश गुप्तचर एजेन्सीको प्रमुख पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण