अपडेट
प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने
बुधबार, २२ असोज २०८२, ११ : २५
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले आज ४४ देशका राजदूतहरूसँग भर्चुअल छलफल गर्ने भएकी छिन्।
- छलफलमा देशको पछिल्लो अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र लगानीबारे छलफल हुनेछ।
- प्रधानमन्त्रीले राजदूतहरूलाई आवश्यक निर्देशन दिनेछिन्, र भिसा समस्याबारे ब्रिफिङ लिनेछिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् । देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले राजदूत तथा नियोग प्रमुखहरूसँग छलफल गरेपछि आवश्यक निर्देशन पनि दिइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।
जेनजी आन्दोलनपछि विभिन्न देशले भिजिट भिसामा रोक लगाएको छ । नेपालमा पर्यटकहरूको आगमनमा कमी र वैदेशिक लगानी लगायतका विषयमा प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिनुको साथै आवश्यक निर्देशन दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण