हिमाचल बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
सारांश
- हिमाचल प्रदेशको बिलासपुर जिल्लामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।
- मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले मृतकका परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्।
- बस पहिरोमा पुरिएको थियो र उक्त दुर्घटना मंगलबार साँझ बालूघाटनजिक भएको थियो।
नयाँ दिल्ली । हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मङ्गलवार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले यो जानकारी दिएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । बुधबार बिहान एउटा शव भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।
सम्पूर्ण बस पहिरोमा पुरिएको र जानकारी पाउने बित्तिकै सरकारले तत्कालै कारबाही गरेको उनले बताए । ‘यो एकदमै दुःखद घटना हो । हाम्रो सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति ४ लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ’ मुख्यमन्त्री सुखुले भने ।
पहाडी क्षेत्रहरूमा अझै पनि वर्षा र हिमपात भइरहेकोले मानिसहरूले सावधानी अपनाउनुपर्ने पनि उनले बताएका थिए । दुर्घटना मङ्गलवार साँझ करिब साढे ६ बजे बालूघाटनजिक भएको थियो । मरोटनबाट घुमारवी जाँदै गर्दा पहाडबाट अचानक पहिरो खसेर बसलाई पुरेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अचानक खसेको पहिरोका कारण बस पूर्ण रूपमा दबिएर खोलाको किनारमा खसेको छ । बसभित्रका सबै यात्रु पहिरोमै पुरिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण