रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार आज घोषणा हुँदै
सारांश
- रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार घोषणा बुधबार हुनेछ ।
- सन् २०२४ को पुरस्कार डेभिड बेकर, डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरियो ।
- पुरस्कार विजेताहरूले नयाँ प्रोटिनहरू डिजाइन गर्ने प्रविधि विकास गरेका थिए ।
स्टकहोम । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार घोषणा गर्ने भएको छ । सन् १९०१ देखि सन् २०२४ सम्ममा १९५ जना विज्ञलाई ११६ पटक रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ ।
सन् २०२४ को पुरस्कार सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका बायोकेमिस्ट डेभिड बेकर र लन्डनस्थित ब्रिटिस–अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान संस्था गुगल डिपमाइन्डका कम्प्युटर वैज्ञानिक डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो ।
यी तीन वैज्ञानिकलाई जीवनका आधारभूत निर्माण खण्डहरू- नयाँ प्रोटिनहरू- डिकोड गर्ने र डिजाइन गर्ने शक्तिशाली प्रविधि विकास गरेको योगदानका लागि पुरस्कृत गरिएको थियो । उनीहरूको अनुसन्धानले आर्टिफिसियल इन्टेलिजेन्ससहित अत्याधुनिक प्रविधिहरू प्रयोग गर्दै नयाँ औषधि र सामग्री उत्पादनमा क्रान्ति ल्याउने सम्भावना देखाएको थियो ।
सन् २०२५ का नोबेल पुरस्कारमध्ये पहिलो पुरस्कार सोमबार घोषणा गरिएको थियो । चिकित्साशास्त्रतर्फ परिधीय प्रतिरक्षा सहिष्णुता सम्बन्धी महत्त्वपूर्ण आविष्कारका लागि प्रोफेसर मेरी ई. ब्रन्को, फ्रेड राम्सडेल र डा.शिमोन सकागुचीलाई सम्मान गरिएको हो ।
मङ्गलबार घोषणा गरिएको भौतिकशास्त्र पुरस्कार जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम.मार्टिनिसलाई प्रदान गरिएको थियो । उनीहरूलाई दैनिक डिजिटल सञ्चार र कम्प्युटिङ प्रविधिको शक्तिलाई नयाँ स्तरमा पुर्याउने उपआणिवक क्वान्टम टनेलिङ सम्बन्धी अनुसन्धानका लागि सम्मान गरिएको हो ।
यस वर्षको नोबेल शृङ्खलामा बिहीबार साहित्यतर्फको पुरस्कार घोषणा हुनेछ भने नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार आगामी सोमबार सार्वजनिक गरिनेछ ।
नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । उक्त दिन पुरस्कारका संस्थापक तथा डायनामाइटका आविष्कारक धनी स्विडेनी उद्योगपति अल्फ्रेड नोबेलको पुण्य तिथि पनि हो । नोबेलको सन् १८९६ मा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण