म हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन : ओली
सारांश
- केपी शर्मा ओलीले देशलाई कसैले हेप्न नपाउने बताएका छन्।
- उनले सरकार संविधान, संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेको आरोप लगाए।
- ओलीले लोकतान्त्रिक शक्तिहरूलाई संविधान र लोकतन्त्रको पुनर्बहालीका लागि अघि बढ्न आह्वान गरे।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने बताएका छन् ।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ’म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन।’
अहिलेको सरकार संविधान, संसद् र लोकतन्त्रमाथि आक्रमण गर्दै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाए। उनले भने, ’यदि समयमा हामीले दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि ढिलो भएछ भनेर पछुतो मान्नु मात्रै हुनेछ। अब नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ।’
उनले संविधान मिच्ने र संसद् विघटन गर्ने प्रयास कुनै हालतमा सह्य नहुने भन्दै उनले लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँ भएर संविधान र लोकतन्त्रको पुनर्बहालीका लागि अघि बढ्न आह्वान गरे।
उनले विदेशी कम्पनीहरूले नेपालको सार्वभौमिकता र कानुनको सम्मान गर्नुपर्ने बताए । उनले भने, ’यो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो। कसैले पनि हाम्रो संविधान, हाम्रो कानुन र हाम्रो स्वाभिमान हेप्न पाइँदैन।’
ओलीले अहिलेको सरकार राष्ट्रिय एकताको विपक्षमा र भाँडभैलोको पक्षमा रहेको आरोप लगाउँदै लोकतान्त्रिक सक्तीहरूबिच राष्ट्रिय सहमति र समझदारीको आवश्यकता रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण