जेनजीकाे सदस्य बताउँदै चालक कुट्ने युवक पक्राउ
सारांश
- हेटौँडामा जेनजीको सदस्य बताउँदै चालकलाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन्।
- मकवानपुरको भीमफेदीमा उनले जेनजी आन्दोलनको सदस्य भएको दाबी गर्दै चालकमाथि कुटपिट गरेका थिए।
- प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको छ र पक्राउ परेका रुम्बामाथि अनुसन्धान भइरहेको छ।
हेटौँडा । जेनजीको सदस्य बताउँदै सवारी चालकलाई कुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा आफूलाई ‘जेनजी’ आन्दोलनको सदस्य बताउँदै सवारी साधन रोकेर चालकमाथि कुटपिटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–१ का २२ वर्षीय अमिर रुम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार असोज २२ गते राति १० बजेको समयमा रुम्बाले केही व्यक्तिहरूसँग मिलेर भीमफेदी–१ स्थित सानुटार याङराङपुलमा सडक अवरुद्ध गरेर जेनजीको सदस्य हुँ भन्दै चालकमाथि कुटपिट गरेका थिए ।
सो समूहले विशेष गरी तरकारी तथा कृषिजन्य उत्पादन बोकेका ढुवानीका साधनहरूलाई गैरकानुनी रूपमा रोकेर चालकहरूसँग सोधपुछ र जाँच गर्ने, कुटपिट गर्ने तथा अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेको प्रवक्ता बोगटीले बताए । पीडित चालकहरूको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले रुम्बालाई बुधबार राति नै नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र पक्राउ परेका रुम्बामाथि थप अनुसन्धान तथा आवश्यक कारबाही अगाडि बढाइएको प्रवक्ता बोगटीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण