विश्वकप छनौट
नेपालको सुपर सिक्सको यात्रा आजबाट सुरु
शुक्रबार, २४ असोज २०८२, १० : ४५
सारांश
- नेपालले शुक्रबार आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोटको सुपर सिक्स यात्रा सुरु गरेको छ।
- नेपाल र जापानबीचको खेल नेपाली समयअनुसार ४:१५ बजे सुरु हुनेछ, जसमा दुई अंकका लागि प्रतिस्पर्धा हुनेछ।
- सुपर सिक्समा अघि बढ्ने अंक समूह चरणको नतिजा अनुसार कायम रहनेछ, जसले गर्दा आजको खेल महत्त्वपूर्ण छ।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालको सुपर सिक्सको यात्रा आज (शुक्रबार) बाट सुरु भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजको खेलमा दुई अंकका लागि खेल्नेछ । नेपाल र जापान बिचको खेल आज नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुनेछ ।
आजको खेल खेल सुपर सिक्सको खेल हुनेछ । कारण, नेपाल र जापान दुवै समूह चरणबाट अघि बढिसकेका छन् । समूह चरणबाट सुपर सिक्समा अघि बढ्ने टाेलीकाे अंक मात्र सुपर सिक्समा जोडिनेछ । नेपाल र जापानले सुपर सिक्समा प्रतिस्पर्धा गर्ने छैनन् ।
हरेक समूहबाट सुपर सिक्समा जाने टोलीको अंक दुई टोलीबिच समूह चरणमा भएको नजिता नै कायम रहनेछ । त्यसैले आजको खेलमा नेपालले जिते नेपालको र जापानले जिते जापानको सुपर सिक्समा पनि २ अंक जोडिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण