जनमत पार्टीले संगठन सम्बद्ध सामाजिक सञ्जालको नियमन गर्ने
सारांश
- जनमत पार्टीले सामाजिक सञ्जालमा अनियन्त्रित गतिविधि नियन्त्रण गर्न नियम बनाउने भएको छ।
- पार्टीले आफ्ना आधिकारिक समूह र पेजहरूलाई मात्रै मान्यता दिने र अन्यलाई नाम प्रयोग गर्न रोक लगाउनेछ।
- पार्टीले सामाजिक सञ्जालमा दुष्प्रचार र व्यक्तिगत टिप्पणी रोक्न कडा निर्देशन दिएको छ, उल्लङ्घन गर्नेलाई हटाउने चेतावनी दिएको छ।
काठमाडौँ । जनमत पार्टीले पार्टी र त्यसका समितिले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाललाई नियमन गर्ने भएको छ । फेसबुक, भाइवर, ह्वाटस्एप, म्यासेन्जर लगायतका ग्रुपहरू अनियन्त्रित रूपमा सञ्चालन भइरहेको र त्यसले विवाद सृजना गरेको भन्दै सो पार्टीले त्यसलाई एकरूपता ल्याउन नियमन गर्न लागेको हो ।
पार्टी सम्बद्ध सामाजिक सञ्जाल नियमन गर्न लागिएको सो पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिए । सो पार्टीले आफ्ना भातृ, पेसागत वा शुभचिन्तक सङ्गठनको नाम आधिकारिक ग्रुप वा पेजमा मात्रै राख्न निर्देशन दिएको छ ।
यदि ग्रुप वा पेजलाई सम्बन्धित तहको समितिद्वारा आधिकारिकता कायम गरिएको छैन भने जनमत पार्टी वा यसको भातृ, पेसागत वा शुभचिन्तक सङ्गठनको नाम प्रयोग नगर्न आग्रह गरिएको उपाध्यक्ष चौधरीले बताए । पार्टी वा सम्बद्ध सङ्गठनको जुन तह, जिल्ला, पालिका, वडा वा क्षेत्रको पेज वा ग्रुप हो त्यो सोही समितिको पदाधिकारीको मातहतमा राख्न समेत सो पार्टीले निर्देशन दिइएको उनले बताए ।
अनुगमनका लागि सबै पेज र ग्रुपमा केन्द्रीय सचिवालयलाई एडमिन बनाउन निर्देशन पनि दिइएको सो पार्टीले जनाएको छ । पार्टी वा सम्बद्ध सङ्गठनको जुन तह, जिल्ला, पालिका, वडा वा क्षेत्रको पेज वा ग्रुप हो सोही क्षेत्रभित्रका सदस्यहरूलाई मात्र जोड्न भनिएको समेत जनमत पार्टीले जनाएको छ ।
अनधिकृत मान्छेहरू जोडिएर सङ्गठनमा विवाद उत्पन्न गराउने, भाँडभैलो मच्चाउने, पार्टीको विरुद्धमा दुष्प्रचार गर्ने गरिएको पाइएकाले सो कदम चालिएको उपाध्यक्ष चौधरीले बताए ।
फेसबुक पेज वा ग्रुपमा पार्टीका कार्यक्रमबाहेक अरू कुनै पनि व्यक्तिगत कुरा तथा टिका टिप्पणी नगर्न जनमत पार्टीले कडा निर्देशन समेत दिएको छ । यो निर्देशन पालना नगर्नेलाई पेज वा म्यासेन्जर ग्रुपबाट हटाइने चेतावनी समेत सो पार्टीले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण