पार्टी एकता निष्कर्षमा पुर्याउन कार्यदललाई एकीकृत समाजवादीको निर्देशन
सारांश
- नेकपा एसले विचार मिल्ने पार्टीहरूसँगको एकता प्रक्रियालाई टुंगोमा पुर्याउन कार्यदललाई निर्देशन दिएको छ।
- पार्टी एकताबारे गृहकार्य गर्न डा. बेदुराम भुसालको नेतृत्वमा कार्यदल गठन गरिएको थियो।
- कार्यदलको प्रतिवेदन केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ र आगामी असोज २९ गते स्थायी कमिटी बैठक बस्नेछ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विचार मिल्ने पार्टीहरूसँग एकताबारेको छलफल निष्कर्षमा पुर्याउन कार्यदललाई निर्देशन दिएको छ ।
आइतबार सकिएको पार्टीको सचिवालय बैठकले एकता प्रक्रिया निष्कर्षमा पुर्याउन निर्देशन दिएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
एकीकृत समाजवादीका नेता डा.बेदुराम भुसालको नेतृत्वमा पार्टी एकताबारे गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
सोही कार्यदलले एकताको थप गृहकार्य गरेर निष्कर्षमा पुर्याउन निर्देशन दिएको हो । कार्यदलको प्रतिवेदन केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।
यस्तै केन्द्रीय समिति अघि असोज २९ गते स्थायी कमिटी बैठक बस्ने सचिवालय बैठकको निर्णय छ । केन्द्रीय कमिटी बैठक भर्चुअल हुने नेता भट्टराईले जानकारी दिए ।
एकीकृत समाजवादी, माओवादी केन्द्र, नेकपा र नेसपाबिच पार्टी एकताबारे छलफल हुँदै आएको छ । ती दलहरूबिच भएका छलफल सकारात्मक भएको र कात्तिक महिनाभित्रै एकता गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण