समाचार
हमासद्वारा रिहा हुने इजरायली बन्धकहरूको सूची सार्वजनिक
सोमबार, २७ असोज २०८२, १० : २४
सारांश
- हमासले दुई वर्षअघि कब्जामा लिएका बन्धकहरू सोमबार रिहा हुने भएका छन्।
- हमासले सार्वजनिक गरेको सूचीमा इजरायली र सैनिक बन्धकहरूको नाम समावेश छ।
- रिहा हुनेहरूमा एल्काना बोहबोट, मातान एङ्ग्रेस्ट लगायतका व्यक्तिहरू छन्।
तेल अभिभ । हमासले दुई वर्षअघि कब्जामा लिएका बन्धकहरू सोमबार रिहा हुने भएका छन्।
हमासले सार्वजनिक गरेको सूचीअनुसार आज रिहा हुने इजरायली बन्धकहरूमा एल्काना बोहबोट, मातान एङ्ग्रेस्ट, अविनातान ओर, योसेफ-हाइम ओहाना, एलोन ओहेल, एव्यातार दाभुड, गाय गिल्बोआ-दलाल, रोम ब्रास्लाभस्की, र जुम्ल्याहा दाजुभाइ गाली तथा जिव बेर्मान छन्।
यसैगरी, रिहा हुनेहरूमा एतान मोर, सेगेभ काल्फोन, म्याक्सिम हर्किन, एतान हर्न, बार कुपर्सटाइन, ओम्री मिरान, र दाजुभाइ डेभिड कुनियो तथा एरिएल कुनियो पनि समावेश छन्।
सूचीमा इजरायली सैनिकहरू निम् रोड कोहेन र मातान जाङ्गाउकरको नाम पनि उल्लेख छ। नेपालका विपिन जोशीको नाम भने सूचीमा समावेश छैन । उनको अवस्था अझै अज्ञात रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण