शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
हमासले जीवित सबै बन्धक बुझायो
बन्धक रिहाइ

LIVE UPDATES : हमासले जीवित सबै बन्धक बुझायो

सोमबार, २७ असोज २०८२, १२ : ४५
Live

सारांश

  • हमासले दुई वर्षअघि कब्जामा लिएका बन्धकहरू सोमबार रिहा हुने भएका छन्।
  • बन्धक हस्तान्तरणका लागि चार चरणको प्रक्रिया तयार गरिएको छ, जसमा रेडक्रसको हस्तान्तरण, सैन्य आधारमा पुर्याइने, पारिवारिक भेटघाट र अस्पताल लगिनेछ।
  • तत्काल चिकित्सकीय आवश्यकता परेका बन्धकहरूलाई सिधै अस्पतालमा पुर्याइनेछ।

काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले आफ्नो कब्जामा रहेका सबै जीवित बन्धक रिहा गरिएको प्रस्ट पारेको छ ।

हमासले भन्यो– जीवित सबै बन्धक बुझाइसक्यौँ

काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले आफ्नो कब्जामा रहेका सबै जीवित बन्धक रिहा गरिएको प्रस्ट पारेको छ ।

मृतक बन्धकको शव केही समयपछि हस्तान्तरण गरिने हमासले जनाएको छ । सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना गरी हमासले २० जना बन्धक रेडक्रसलाई सुम्पिएको हो ।

रेडक्रसका अधिकारीहरू रिहा गरिएका बन्धक लिएर इजरायल पुगिसकेका छन् । इजरायली सेनाले हमासद्वारा रिहा गरिएका बन्धक आइसकेको जनाएको छ ।

‘विपिन फर्किने आशामा परिवार’

धनगढी । हमासको आक्रमणपछि इजरायलबाट बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको खबर इजरायली सेनाले परिवारलाई दिएको छ । यद्यपि, उनको परिवारले भने सबै बन्धकहरू रिहा नभएसम्म आशा नमार्ने बताएको छ ।

इजरायली डिफेन्स फोर्सका एक अधिकारीले इजरायलको स्थानीय समयअनुसार सोमबार बिहान साढे ७ बजे भिडियो कन्फरेन्समार्फत विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

उक्त भिडियो कन्फरेन्समा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा, नेपालमा रहेका उनका ठुलाबाका छोरा दाजु किशोरचन्द्र जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरू सहभागी थिए ।

हमासद्वारा रिहा भएका सात इजरायली बन्धकहरूको नाम सार्वजनिक

तेल अभिभ  । इजरायलको परराष्ट्र मन्त्रालयले हमासद्वारा रिहा भएका सात जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

रिहा हुनेहरूमा:

सोमबार थप १३ जना जीवित बन्धकहरूलाई पनि रिहा गरिने कार्यक्रम रहेको छ। यसैगरी, प्यालेस्टिनी बन्दीहरूको कार्यालयले पनि सम्झौताको अंशका रूपमा इजरायली जेलबाट रिहा हुने १,७१८ प्यालेस्टिनीहरूको नाम सार्वजनिक गरेको छ।

इजरायल पुगे ट्रम्प, नेतन्याहुले गरे स्वागत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन् । इजरायल र हमासबिचको शान्ति प्रक्रियामा अमेरिकाले मध्यस्तकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।

हमासको कब्जामा रहेका इजरायली बन्दीहरूमध्ये पहिलो चरणमा सात बन्दी रिहा भएलगत्तै ट्रम्प इजरायल पुगेका हुन् । उनलाई विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वागत गरेका छन् ।

ट्रम्पले इजरायली संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बन्दीका केही आफन्तसँगसमेत भेट गर्ने जनाइएको छ ।

प्यालेस्टिनी कैदीहरूको रिहाइमा अनिश्चितता

काठमाडौँ । इजरायलमा रहेका १२ प्यालेस्टिनी कैदीहरूलाई वेष्ट बैंक पठाउन लागिएको अल जजिराका नुर ओदेहले भनेका छन् ।

आफ्ना छोरा छोरी रिहा हुन लागेको थाहा पाएपछि कैदीका परिवारहरू इजरायलको कब्जामा रहेको वेष्ट बैंक छोड्ने कोसिस गरेका थिए । तर इजरायली अधिकारीहरूले उनीहरूलाई त्यसो गर्न नदिएको बताइएको छ । 

इजरायलले गाजामा प्यालेस्टिनी कैदीहरूलाई कहिले रिहा गर्नेछ भन्नेबारे धेरै अनिश्चितता रहेको पनि ओदेहले बताइन् । 

प्रियजनहरूसँग कुरा गरिरहेका छन् गाजामा रिहाइको पर्खाइमा रहेका बन्धक

काठमाडौँ । गाजामा हमासको कब्जामा अझै पनि १३ जीवित बन्धकहरू रिहाइको प्रतीक्षामा बसिरहेका छन् । 

केही बन्धकहरूले आफ्ना प्रियजनहरूसँग भिडियो कल मार्फत कुरा गरिरहेको तस्बिरहरू सेयर भएका छन् । 

त्यस्तै दाजुभाइ डेभिड र एरियल कुनियोले पनि आफ्ना प्रियजनहरूसँग कुरा गरिरहेका छन् । 

२ वर्षपछि छोरालाई भेट्न पाउँदा धेरै उत्साहित छिन् निमरोद कोहेनकी आमा

काठमाडौँ । सोमबार रिहा हुन लागेका इजरायली बन्धक निमरोद कोहेनकी आमा रेइम आइपुगेकी छिन् । आइपुग्दै गर्दा उनले त्यहाँ उपस्थित भीडलाई हात हल्लाएकी थिइन् ।

रेइम त्यो ठाउँ हो जहाँ सीमा पार गरेपछि बन्धकहरूलाई स्वागत गरिने अपेक्षा गरिएको छ । आफू निकै खुसी भएको निरोदकी आमा भिकी कोहेनले आफ्नो कारबाट भनेकी थिइन् । 

‘म निकै उत्साहित छु । म खुशीले गदगद भएकी छु र यो क्षणमा मैले कस्तो महसुस गरिरहेको छुँ भन्ने कल्पना गर्नै मलाई गाह्रो छ । मलाई रातभरि निद्रा लागेन र म रेइम जाँदै छु भन्ने लाग्यो,’  कोहेनले पहिले रोयटर्स समाचार एजेन्सीद्वारा प्रकाशित रेकर्ड गरिएको भिडियोमा भनेकी थिइन् । 

बन्धक रिहाइ सम्झौताप्रति प्रतिबद्ध छौँ : हमास

काठमाडौँ । हमासले युद्धविराम र बन्धक रिहाइ सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । तर यसका लागि इजरायल पनि सम्झौतामा उसले सहमति जनाएको कुरामा अडिग रहनुपर्ने हमासले भनेको छ । 

गाजापट्टीमा युद्ध अन्त्य गर्ने राष्ट्रपति ट्रम्पको योजना कार्यान्वयन गर्ने पहिलो चरणको भागको रूपमा २० जीवित बन्धकहरूलाई रिहा गरिरहेको कुरा हमासले पुनः दोहोर्‍याएको छ । 

इजरायलले सम्झौता अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू पालना गर्ने र आफ्ना सबै सर्तहरूको कार्यान्वयन पूरा गर्ने अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले सुनिश्चित गर्नुपर्नेमा हमासले जोड दिएको छ । 

एयर फोर्स वनबाट बन्धकहरूको रिहाइ हेरिरहेका छन् ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल जाँदैछन् ।

बन्धकहरूको रिहाइ सुरु भएपछि तेल अभिभमा छायो आँसु र खुशी (तस्बिरहरु)

काठमाडौँ । बन्धकहरूको रिहाइ सुरु भएपछि तेल अभिभमा आँसु र खुशी छाएको छ  । हमासले अपहरण गरेका बन्धकहरु आज रिहा भइरहेका छन् ।

हेर्नुहोस् तस्बिरहरु : 

4f29c6e3-2370-4cb5-b9ea-287d72d575a7.jpg7bba3e88-d032-4dd3-8462-12570e279fe1.jpg34a5dace-ecc1-4cb4-8dbc-2445752de169.jpg85c9acda-7151-48a0-9f04-b5d4ba194c35.jpg98f7bc58-6029-4468-9cba-e7b1276c86c4.jpg1301a6fb-026a-426e-ae43-7ac93ea58d52.jpg (1)1301a6fb-026a-426e-ae43-7ac93ea58d52.jpg98650e6b-9515-47d6-8f6c-69b87ab4c1df.jpg

बन्दीहरूलाई स्वागत गर्न तयार छ इजरायली हेलिकप्टर

काठमाडौँ । इजरायली सैन्य हेलिकप्टर दक्षिणी इजरायली शहर रेममा अवतरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले इजरायली बन्दीहरूलाई हस्तान्तरण गरेपछि इजरायली बन्दीहरूलाई सङ्कलन गर्ने तयारी गर्दै केही समयअघि ती हेलिकप्टर त्यहाँ पुगेका हुन् ।

हमासकले केही समय अघि सात जना इजरायली बन्दीहरूलाई आईसीआरसीलाई  हस्तान्तरण गरेको थियो । 

इजरायली रक्षा बलका सिपाही हुन् माटन आंग्रेस्ट

काठमाडौँ । अक्टोबर ७ मा हमासको आक्रमणमा नाहल ओजबाट उनीहरूले इजरायली रक्षा बल (आईडीएफ)का सिपाही माटन आंग्रेस्टलाई पनि बन्धक बनाएका थिए । त्यतिबेला उनी २० वर्षका थिए । 

माटनको परिवारले उनी फुटबल स्टार लियोनेल मेस्सीको ठुलो फ्यान भएको र एनबीएका खेल हेर्न अमेरिका जाने सपना देखिरहेको बताएको थिए । 

अपहरणमा पर्नु अघि हुनुभन्दा अघि उनी र उनका बुबाले सिंहको मिल्दोजुल्दो ट्याटु बनाउने योजना बनाएका थिए । हमासको कब्जाबाट रिहा भएपछि माटनको पिताले छोराको यी रहर पूरा गरिदिने भनेका छन् । 

सुरक्षा गार्डको रूपमा काम गर्दा अपहरमा परेका थिए इटान

काठमाडौँ । इटान अब्राहम मोर किर्यात अर्बाका निवासी हुन् । सुपरनोभा महोत्सवमा सुरक्षा गार्डको रूपमा काम गरिरहेको समयमा २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको क्रममा उनी अपहरणमा परेका थिए ।

त्यतिबेला उनी २३ वर्षका थिए । अन्तिम पटक मोरलाई देख्दा उनले आक्रमणको समयमा अरू मानिसहरूलाई सुरक्षित ठाउँमा ल्याउँदै थिए । 

के भन्छिन् रिहा भएका बन्धक जिभ बर्मन र गाली बर्मनकी आमा ?

काठमाडौँ । अक्टोबर ७ मा भएको आक्रमणको क्रममा हमासले जुम्ल्याहा दाजुभाइ जिभ र गाली बर्मनलाई किबुट्ज कफर–अजास्थित उनीहरूको घरबाट अपहरण गरेको थियो । अपहरणका समयमा जिभ र गाली २६ वर्षका थिए । 

रिहा गरिएका अन्य बन्धकहरूले परिवारलाई जुम्ल्या दाजुभाइ जीवित रहेको बताएको २०२५ को फेब्रुअरीमा सीएनएनसँग कुरा गर्दै आमा लिरन बर्मनले भनेकी थिइन् । 

छोराहरू जीवित रहेको तर अलग अलग ठाउँमा भएको तथ्य बाहेक कुनै जानकारी प्राप्त नभएको उनले भनेकी थिइन् । २ वर्षको  प्रतीक्षापछि आफ्ना दुवै छोरा रिहा भएपछि लिरन असाध्यै खुसी देखिन्छिन् । 

इजरायलस्थित नेपाली राजदूतले भने– विपिन जोशी जीवित छैनन्

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको बताएका छन्।

राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन्। उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको उनले बताए।

'हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्,' राजदूत पण्डितले रातोपाटीसँग भने, 'त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठुलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क गरी जानकारी गराइयो।'

रिहा गरिएका बन्धकहरूलाई भेट्न दक्षिणी गाजामा ठुलो भीड

काठमाडौँ । दक्षिणी गाजाको खान युनिसमा ठुलो भीड जम्मा भइरहेको छ । हमासले रेडक्रसलाई पहिलो चरणमा रिहा गरिएका सात जना बन्धकहरू बुझाइसकेको छ ।

यी बन्धकहरूको सट्टामा इजरायलले पनि सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्दैछ ।  यिनै बन्दीहरूलाई भेट्नका लागि दक्षिणी गाजाको खान युनिसमा मान्छेको भिड लागेको हो । 

बन्दीहरू चाँडै नै नासेर मेडिकल कम्प्लेक्समा आइपुग्ने अपेक्षा गरिएको छ । 

यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू

काठमाडौँ । हमासका लडाकुहरूले रेडक्रसलाई सात जना बन्धक सुम्पिएको छ । रेडक्रसले छिट्टै नै यिनीहरूलाई इजरायली सेनालाई हस्तान्तरण गर्नेछ । बन्धक र हराएको परिवार फोरमका अनुसार रिहा गरिएका बन्धकहरू निम्नानुसार छन्ः 

होस्टेज स्क्वायरमा खुसीयाली

काठमाडौँ । बन्धकहरूलाई रेडक्रसलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएपछि होस्टेज स्क्वायरमा भेला भएका हजारौँ मानिसहरूले ठुलो स्वरमा जयजयकार गरेका छन् । 

इजरायलको तेल अभिभको चोकमा बिहानैदेखि भीड जम्मा भएको छ । यिनीहरूले २० जीवित बन्धकहरूको रिहाइको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन् । 

बन्धकहरूलाई हस्तान्तरणका लागि आफू गाजामा आएको घोषणा रेडक्रसले गरेपछि भीडले ताली बजाउँदै र जयजयकार गरिरहेको देखिएको थियो । 

रेडक्रसलाई हस्तान्तरण गरियो ७ जना बन्धक

काठमाडौँ ।  पहिलो चरणमा सात जना बन्धकहरूलाई गाजामा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) लाई हस्तान्तरण गरिएको इजरायली सञ्चार माध्यमले बताएको छ ।

यो खबर आईसीआरसी वा इजरायली सेनाबाट पुष्टि हुन बाँकी छ ।  सङ्कलन केन्द्रमा पहिलो ब्याचमा ७ जना बन्धकहरू प्राप्त गरिएको आइसीआरसीले भनेको छ ।

बन्धकहरूको सम्मान र उनीहरू रिहाइ भएको अवस्था अनि उनीहरूको सुरक्षासँग सम्बन्धित मुद्दाहरूको सम्मान गर्दै अपरेसनको क्रममा रिहा गरिएका बन्धक वा बन्दीहरूको फुटेज उपलब्ध नगराइने आईसीआरसीले भनेको छ । 

रेडक्रसले भन्यो– बन्धक रिहाइको प्रक्रिया सुरु भयो

काठमाडौँ । इजरायली बन्धकहरूको हस्तान्तरणको लागि रेडक्रस गाजामा छ । बन्दीहरू रिहाइको प्रक्रिया सुरु भएको रेडक्रसले भनेको छ ।

‘इजरायल र हमासबिचको युद्धविराम सम्झौताको एक भागको रूपमा बन्धक र बन्दीहरूको रिहाइ र स्थानान्तरणलाई सहज बनाउन रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले बहुचरणीय कार्य सुरु छ,’ रेडक्रसले भनेको छ । 

बन्धक पिताको शव कुरिरहेका छोरा भन्छन्– यो क्षण निकै भावुक छ

काठमाडौँ । यतिबेला गाजामा जीवित र मृतक सबै बन्धकका आफन्तहरू रिहाइको प्रतीक्षामा छन् । हमासको कब्जामा रहेका ४८ जनामा २० बन्दी मात्रै जीवित रहेको बताइएको छ । दुई जनाको अवस्था अज्ञात रहँदा अरू सबैको मृत्यु भइसकेको छ ।

 ‘यो क्षण निकै भावुक छ,’ मृतक बन्दीका छोरा रोटेम कूपरले एउटा भ्वाइस नोटमा भनेको भन्दै बीबीसीले लाइभमा लेखेको छ । भ्वाइस नोटको पृष्ठभूमिमा हेलिकप्टरको आवाज सुनिएको थियो । 

रोटेम बिहान ५ बजे नै उठेर अन्य बन्धक परिवारहरूको साथमा दक्षिणी इजरायलको रिम सैन्य अड्डामा गएका थिए । २०२३ को अक्टोबर ७ मा हसमाले किबुट्ज निर ओजबाट रोटेमको माता र पिता दुबैलाई बन्धक बनाइएको थियो । 

फर्किन लागेका बन्धकहरूलाई नेतन्याहूको व्यक्तिगत नोट, ‘वेलकम ब्याक’

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी श्रीमती साराले हमासको कब्जाबाट रिहा भएर फर्किन लागेको बन्धकहरूका लागि तयार पारिएको स्वागत सामग्रीमा व्यक्तिगत नोट लेखेका छन् । 

यी सामग्रीहरूका साथै कपडा र व्यक्तिगत सामानहरू, एउटा ल्यापटप, एउटा मोबाइल फोन र एउटा ट्याब्लेट समावेश छ । 

नेतान्याह र साराले नोटमा लेखेका छन्, ‘सम्पूर्ण इजरायलका जनताको तर्फबाट – वेलकम ब्याक ! हामीले तपाईँहरूलाई पर्खिरहेका छौँ, हामी तपाईँहरूलाई अँगालो हाल्नेछौँ ।’ प्रधानमन्त्री कार्यालयका अनुसार यो नोट बन्धकहरूले प्राप्त गर्ने स्वागत किटको एउटा हिस्सा हो । 

पहिलो बन्धकलाई तुरुन्तै रिहा गरिने आईडीएफले गर्‍यो पुष्टि

काठमाडौँ । पहिलो बन्धकलाई १५ मिनेट भन्दा कम समयमा रिहा गरिने एक इजरायली सुरक्षा अधिकारीले पुष्टि गरेका छन् । आईडीएफले सम्झौताको कार्यान्वयनको एक भागको रूपमा बन्धकहरूलाई स्थानान्तरण र फिर्ता गर्ने तयारी गरिरहेको छ । 

बिहानको समयमा उत्तरी गाजा पट्टीमा स्थानीय समयअनुसार बिहान ८ बजे बन्दी रिहाइ सुरु हुने ती अधिकारीले भनेका छन् । ‘समय परिवर्तन भइरहन्छ, जानकारी उपलब्ध हुने बित्तिकै अपडेट दिइनेछ,’ उनले भनेका छन् ।

बन्धकहरूलाई घर ल्याउन दुई हेलिकप्टर तयारी अवस्थामा रहेको भन्दै इजरायली वायुसेनाले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा भनेको छ ।

रिहा गरिने प्यालेस्टिनीहरूको सूची निकालियो

गाजा । हमासद्वारा सञ्चालित कैदी मिडिया कार्यालयले टेलिग्राममा इजरायलले रिहा गर्न लागेका १ हजार ७१८ प्यालेस्टिनी कैदी र बन्दीहरूको नाम प्रकाशित गरेको छ । यी कैदीहरूलाई हमासले रिहा गर्न लागेको बन्धकहरूको बदलामा रिहा गर्न लागिएको हो ।

ट्रम्पले इजरायलको राष्ट्रपति सम्मान पदक प्राप्त गर्ने

काठमाडौँ । इजरायली राष्ट्रपति आइज्याक हर्जाेगले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने निर्णयबारे ट्रम्पलाई जानकारी गराउने भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रम्पले इजरायललाई दिएको अटल समर्थनको सम्मानमा यो सम्मान प्रदान गर्न लागिएको हर्जोगले बताए ।

द जेरुसेलम पोस्ट र वाईनेट न्युजका अनुसार हर्जाेगले सोमबार इजरायली संसद् ‘नेसेट’को बैठकमा ट्रम्पलाई निर्णयको बारेमा जानकारी गराउनेछन् । ट्रम्पले सोमबार इजरायली संसद्लाई पनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया