यी हुन् संजय दत्तका रियल बेस्ट फ्रेन्डः ‘सञ्जु’ मा विक्की कोशलले निभाए उनको भूमिका
सञ्जुमा संजय दत्तको भूमिका निभाएका रणबीर कपुरले निकै तारिफ पाइरहेका छन् भने उनका बेस्टफ्रेन्ड कमलेश कन्हैयालाल कापसी ‘कमली’ को भूमिकामा देखिएका विक्की कौशलको अभिनयको पनि निकै चर्चा भइरहेको छ । एक अन्तर्वार्तामा विक्कीले भनेका थिए, ‘यो भूमिका सञ्जयका तीन–चारजना साथीहरुको मिल्दोजुल्दो रुप हो तर मूलतः यो संजयका नजिकका साथी परेश घेलानीमा आधारित छ जो अमेरिकामा बस्छन् ।’
को हुन् परेश घेलानी ?
परेशलाई संजय दत्तले ‘पर्या’ भनेर बोलाउँछन् । दुबैको दोस्ती फिल्म ‘रकी’ को क्रममा भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म यी दुई एक–अर्काको जीवनमा महत्वपूर्ण स्थान राख्छन् । संजयको मुश्किल समयमा परेश सधैं उनलाई साथ दिन्थे । आजकाल परेश लस एन्जेलसमा बस्छन् ।
व्यवसायी हुन् परेशः
परेश एक व्यवसायी हुन् । उनी Moon Express, Viome Inc, DTV Motor Corporation, Ferrate Treatment Technologies, Casepoint, Radimmune Therapeutics जस्ता कम्पनीका लगानीकर्ता हुन् ।
परेश धेरै लाइमलाइटमा आउन चाहँदैनन् तर संजयको जीवनको हरेक महत्वपूर्ण मौकामा उनलाई देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण