‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड’ अधिका र चन्दु घोषित
सारांश
- मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५ मा अधिका कुमारी थापा मगर र चन्दु बलामी विजेता बने ।
- प्रतियोगितामा प्रेक्षा श्रेष्ठ ‘फस्ट रनरअप’ र सरु कार्की ‘फस्ट रनरअप’ तथा डा. मिना प्रधान ‘सेकेण्ड रनरअप’ भए ।
- प्रतियोगिता सामरी इन्टरनेसनलले एमकेएम फेसन हाउससँगको सहकार्यमा आयोजना गरेको थियो ।
काठमाडौँ । ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’मा ‘मिस’ तर्फ अधिका कुमारी थापा मगर र ‘मिसेस’ तर्फ चन्दु बलामी विजेता बनेका छन् । दुवै विजेताले शीर्ष ताजसहित नगद र विभिन्न उपहार समेत प्राप्त गरे ।
सामरी इन्टरनेसनलले एमकेएम फेसन हाउससँगको सहकार्यमा राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस’ तर्फ प्रेक्षा श्रेष्ठ ‘फस्ट रनरअप’ हुँदा ‘मिसेस’तर्फ सरु कार्की ‘फस्ट रनरअप’ र डा. मिना प्रधान ‘सेकेण्ड रनरअप’ भए ।
यस्तै विधागततर्फ रञ्जु कार्की ‘पब्लिक च्वाइस’, युनिसा राई ‘भ्युअर्स च्वाइस’, सानु थापा ‘मेनेजमेन्ट च्वाइस’ घोषित भए ।
प्रतियोगितामा सेफ गोविन्द नरसिंह केसी, समाजसेवी तथा व्यवसायी सोनिया चाम्लिङ राई, गायक तथा र्यापर निर्णय श्रेष्ठ(एनएसके), र्यापर तथा राजनीतिज्ञ सिड वाग्ले र समाजसेवी दिलसागर वाग्ले निर्णायक थिए ।
विजेता तथा उपविजेतालाई पूर्व सांसद छिरिङ ल्हामु लामा(तामाङ), एनआरएनएका पुर्व अध्यक्ष विनोद कुँवर, सेफ एसोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले पुरस्कार प्रदान गरेका थिए ।
सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले महिलाको सुन्दरता, प्रतिभालाई उजागर गर्दै महिला सशक्तीकरणको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण