म्यागजिन कभरका लागि कंगनाले लगाइन् यस्तो ड्रेस, सोसल मिडियामा भाइरल
बुधबार, २० असार २०७५, १२ : ०४
बलिउडकी क्विन भनिने कंगना रनौतले हालै एक म्यागजिन कभरका लागि बोल्ड फोटोसुट गरेकी छिन् । कभर फोटोमा कंगनाले बिकिनी लगाइरहेको देख्न सकिन्छ ।
कंगनाको यो फोटोसुट उनको ड्रेसका कारण चर्चामा छ किनभने बैजनी रंगको बिकिनीमा आँखाको चित्रले बोल्ड लुक दिएको छ । उनले बिकिनीसँगै सुनौलो रङको ज्याकेट पनि लगाएकी छिन् ।
कंगनाले दुई कभर पेजका लागि सुट गरेकी छिन् । दोस्रो तस्बिरमा कंगनाले जिमवेयर लगाइरहेकी छिन् ।
इन्स्टाग्राममा उनले तस्बिर सेयर गरेपनि धेरैले यसमा प्रतिक्रिया जनाएका छन् । कतिले उनको ड्रेस निकै अचम्मको बताएका छन् भने कतिले कंगनाले यस्तो पहिरनमा फोटोसुट गर्न नहुने पनि बताएका छन् ।
यस्तै, कतिले भने कंगनाको स्टाइल निकै राम्रो भन्दै क्विन आफूलाई मनपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण