उपग्रह प्रक्षेपण
चीनद्वारा नयाँ ‘शियान–३१’ उपग्रह सफल प्रक्षेपण
मङ्गलबार, २८ असोज २०८२, २२ : ४९
सारांश
- चीनले जिउचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट शियान-३१ परीक्षण उपग्रह प्रक्षेपण गर्यो।
- यो उपग्रह लङ मार्च-२डी रकेट प्रयोग गरी प्रक्षेपण गरिएको थियो र निर्धारित कक्षमा प्रवेश गर्यो।
- शियान-३१ नयाँ अप्टिकल इमेजिङ प्रविधिहरूको परीक्षणका लागि प्रयोग हुने प्राविधिक उपग्रह हो।
जिउचुआन। चीनले उत्तरपश्चिम चीनको जिउचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
‘शियान–३१’ नामको परीक्षण उपग्रह अक्टोबर १३ गते सोमबार बेलुका ६ः०० बजे (बेइजिङ समय अनुसार) लङ मार्च–२डी बोक्ने रकेटमार्फत प्रक्षेपण गरिएको थियो । उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गर्यो ।
शियान–३१ नामको उपग्रह चीनद्वारा परीक्षणका लागि प्रक्षेपण गरिएको एक प्राविधिक उपग्रह हो, जुन मुख्य रूपमा नयाँ अप्टिकल इमेजिङ प्रविधिहरूको परीक्षण र प्रमाणीकरण गर्न प्रयोग गरिनेछ । यो प्रक्षेपण लङ मार्च रकेट शृङ्खलाको ५९९औँ उडान मिशन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण