क्रिस्टियानो रोनाल्डो
रोनाल्डो बने विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी
बुधबार, २९ असोज २०८२, ०२ : ३८
सारांश
- क्रिस्टियानो रोनाल्डोले विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए।
- उनले हंगेरी विरुद्धको खेलमा गोल गर्दै कीर्तिमान कायम गरेका हुन्।
- रोनाल्डोले कार्लोस रुइजलाई उछिनेर नयाँ रेकर्ड बनाए।
काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
लिस्बनमा मंगलबार राति हंगेरीविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन् । ४० वर्षीय रोनाल्डोले ४०औँ र ४१औँ छनोट गोल गर्न सफल भएका हुन । उनले सन् १९९८ देखि २०१६ को बिचमा ३९ गोल गरेका ग्वाटेमालाका अन्तर्राष्ट्रिय खेलाडी कार्लोस रुइजलाई उछिनेका हुन् ।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले नेल्सन सेमेडोको क्रसमा २२औँ मिनेटमा गोल गर्दै हंगेरीविरुद्ध २०२६ को विश्वकप छनोट खेलमा पोर्चुगललाई बराबरीमा पुर्याए ।
अल नासरका स्ट्राइकरले पहिलो हाफअघि नै नुनो मेन्डेसले उपलब्ध गराएको पासमा गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २-१ को अग्रता दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण