साउदी अरेबिया लगातार तेस्रो पटक विश्वकपमा
बुधबार, २९ असोज २०८२, ०३ : ०९
सारांश
- साउदी अरेबियाले २०२६ विश्वकपका लागि छनोट भएको छ।
- इराकसँग गोलरहित बराबरी खेल्दै साउदीले विश्वकपमा स्थान सुरक्षित गर्यो।
- यो साउदी अरेबियाको लगातार तेस्रो पटक विश्वकपमा छनोट हो।
काठमाडौँ । साउदी अरेबिया सन् २०२६ विश्वकप छनोट भएको छ । मंगलबार राती भएको खेलमा इराकसँग गोलरहित बराबरी खेल्दै साउदी अरेबियाले विश्वकपमा स्थान बनाएको हो ।
यो नतिजा सँगै साउदी अरेबियाले लगातार तेस्रो पटक विश्वकपमा आफ्नो स्थान बनायो ।
आजको खेलमा गोल अन्तरमा अगाडि रहेको साउदी अरेबियालाई बराबरीले पनि विश्वकपमा स्थान बनाउन सक्ने अवस्थामा थियो ।
यता, इराकलाई जित्नै पर्ने थियो तर खेल भरी दबाब दिन सकेन । साउदीले खेललाई नियन्त्रणमा लिँदै विश्वकपमा स्थान बनायो ।
यो साउदी अरेबियाको लगातार तेस्रो पटकको विश्वकपमा स्थान बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण