मधेस प्रदेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्दै
सारांश
- लोसपा नेता जितेन्द्र सोनलले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन्।
- उनले नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका दलहरूको समर्थन प्राप्त गरेका छन्।
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूको समर्थनमा उनले दाबी पेस गर्न लागेका हुन् ।
सोनललाई नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।
यसअघि कांग्रेस, एमाले र जनमतको सहकार्यमा सरकार बनाउने प्रयास भएको थियो । यी तीनवटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाइसकेको थिए ।
तर जनमतले कांग्रेस-एमालेको साथ छाडेपछि आज छुट्टै गठबन्धन बनेको हो । जितेन्द्र सोनल लोसपा नेपालका उपाध्यक्ष पनि हुन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् ।
सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद देखिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण