कांग्रेस कार्यसम्पादन समितिमा एजेन्डाबारे अझै मिलेन कुरा
सारांश
- नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बिहीबार बिहान साढे ९ बजेबाट सानेपामा जारी छ।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ।
- उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि खड्काको सभापतित्वमा केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बिहीबार बिहान साढे ९ बजेबाट जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा दिउँसो एक बजेबाट बस्ने केन्द्रीय कार्यसमितिका एजेन्डाबारे छलफल भइरहेको छ ।
एजेन्डाबारे कुरा नमिलेपछि बैठक लम्बिइरहेको नेताहरू बताउँछन् । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा मङ्सिरमा नियमित महाधिवेशन हुनुपर्ने नभएमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै बुधबार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ । डा. शेखर कोइराला नेतृत्वको इतर समूहले मंसिरमै विधि र प्रक्रिया पुर्याइ नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ ।
संस्थापन नियमित महाधिवेशन गर्न राजी छ तर, मङ्सिरमा विधि र प्रक्रिया पुर्याइ नियमित महाधिवेशन गर्न समय अपुग हुने बताइरहेको छ ।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारबाट खड्काको सभापतित्वमा केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
खड्काले कार्यवाहकको जिम्मेवारी पाएपछि बुधबार संस्थापन पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गरेका थिए । संस्थापन पक्षीय नेताहरूले कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको कार्यतालिका र सम्पन्न हुने आधारसहितको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्न सुझाएका थिए ।
सभापति देउवाले कार्यवाहक दिएपछि विशेष महाधिवेशनको औचित्य सकिएको संस्थापन पक्षीय नेताहरूको भनाइ रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण