जेनजी आन्दोलनमा कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ
सारांश
- कास्की प्रहरीले पोखराको जेनजी आन्दोलनबाट भागेका ८१ कैदीबन्दीलाई पक्राउ गरेको छ।
- कैदीबन्दी तथा थुनुवाहरू असोज २० गतेसम्ममा स्वतःस्फूर्त रूपमा नफर्किएपछि पक्राउ गरिएको हो।
- पक्राउ पर्नेमा जबरजस्ती करणी, लागूऔषध, चोरी, कर्तव्य ज्यान लगायतका मुद्दाका व्यक्तिहरू छन्।
पोखरा । जेनजी आन्दोलनमा भागेका ८१ कैदीबन्दीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका क्रममा कारागारमा भएको तोडफोड र आगजनीका बेला ७ सय ७३ जना कैदीबन्दी (सबै) भागेका थिए ।
उनीहरूलाई असोज २० गते भित्रमा स्वतःस्फूर्त फर्किन जिल्ला प्रशासनले म्याद दिएको थियो । प्रशासनको अपिलको बाबजुद कैदीबन्दी तथा थुनुवाहरु स्वतःस्फूर्त कारागार नफर्किएपछि कास्की प्रहरीले पक्राउ गरेर कारागारमा बुझाउन थालेको हो ।
प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, कुटपिटबाट अङ्गभङ्ग मुद्दाका– १ जना र मानव बेचबिखन मुद्दाका १ जनालाई पक्राउ गरेर कारागारमा बुझाएको हो ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बाँकीको पनि खोजी भइरहेको छ । अझै साढे २ सय जना कैदीबन्दी फरार छन् । तीमध्ये १३ जना विदेशी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण