१२ बजे १२ समाचार: काठमाडौँमा दुई महिनासम्म विरोध गर्न निषेधदेखि सेनाको पत्रकार सम्मेलनसम्म
सारांश
- काठमाडौंमा दुई महिनासम्म विरोध गर्न निषेध गरिएको छ भने राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने भएको छ।
- जेनजी विद्रोहपछि नेपालको राजनीतिक अवस्था तरल देखिएको छ, तर नेतृत्वको अभाव छ।
- नेपाली सेनाले जेनजी विद्रोहमा २२ प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ र क्रिकेट टिमले विश्वकप छनोटको उपाधि जितेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. काठमाडौँमा दुई महिनासम्म विरोध गर्न निषेध
काठमाडौँका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।
काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।
२. जेनजीको ‘रोडम्याप’ अलपत्र
भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको विद्रोहपछि नेपालको राजनीतिक तरल अवस्थामा छ । तर यस्तो अवस्था हुँदा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न न जेनजी समूह तयार देखिएका छन् न राजनीतिक दलहरू नै । आन्दोलनले जननिर्वाचित सत्ता ढल्यो, तर संक्रमणकालीन व्यवस्थाको अन्त्य कसरी गर्ने भन्नेमा जेनजी समूह अलमलिएको देखिन्छ ।
३. राजदूत फिर्ता
सरकार परिवर्तन हुने बित्तिकै विभिन्न देशमा रहेका राजदूत फिर्ता बोलाउने चलनलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पनि निरन्तरता दिएको छ ।
४. सेनाको पत्रकार सम्मेलन
नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले २२ प्रदर्शनकारीको मृत्यु भएको रिपोर्ट प्रस्तुत गरेको हो ।
५. प्रचण्डको ‘विद्या कार्ड’ झालेमाले !
जेनजी विद्रोहपछि बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले फेसबुकबाट राजीनामा माग्नेलाई चुनौती दिए । असोज २९ गतेदेखि ललितपुरको भनिमण्डलमा बसेको बैठकमा नेतृत्वबाट हट्न केन्द्रीय समिति बैठकले निर्णय गरे खुसी साथ छोड्ने स्पष्ट सन्देश दिए ।
६. नेपाललाई विश्वकप छनोटको उपाधि
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको ट्रफी जितेको छ । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै ट्रफी जितेको हो ।
७. मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ: केपी ओली
नेकपा एमालेको केन्द्रीय समिति बैठक शुक्रबार सम्पन्न भएको छ । पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गर्दै राजधानीको जावलाखेलमा बैठक सम्पन्न भएको हो । बैठकको समापनमा पार्टी अध्यक्ष केपी ओलीले आफ्नो काँधमा जिम्मेवारी रहेको उल्लेख गर्दै त्यो पूरा नगरी नेतृत्व नछोड्ने बताए ।
८ .कांग्रेस बैठक
नेपाली कांग्रेस महामन्त्री गगन थापाले आगामी मंसिर २७,२८ र २९ गते महाधिवेशन गर्ने प्रस्तावसहितको कार्यतालिका पेस गरेका छन् ।
९. बैंकको ब्याजदर
बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् ।
१०. ७० औँ प्रहरी दिवस
नेपाल प्रहरीले आज आफ्नो स्थापनाको ७० औँ दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा ७० औँ दिवस मनाइएको हो ।
११. मुद्दा दर्ता
यसरी विध्वंस मच्चाउनेहरुमाथि प्रहरीले धमाधम मुद्दा दर्ता गराउन थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं र ललितपुरले भदौ २४ मा विभिन्न स्थानको घटनामा संलग्नमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस भएसँगै मुद्दा दर्ता हुन थालेको हो ।
१२. उद्यमी सरिता
धनगढीको फूलबारीस्थित ‘न्यू फूलबारी दुना टपरी उद्योग’भित्र पस्दा मेसिनको आवाजसँगै सालको पातको मिठो बास्ना आउँछ । चार वटा मेसिन निरन्तर चलिरहेका छन् । ती मेसिनले सुकेका पातलाई सुन्दर आकार दिइरहेका छन् । कतै पातका लाफाका अग्ला चाङ छन्, कतै तयारी दुना–टपरीका लहर ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण