ललितपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने
शनिबार, ०१ कात्तिक २०८२, ०८ : ३०
सारांश
- ललितपुर जिल्लामा तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ।
- जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
- पटका पड्काउने र आतिसबाजीजस्ता कार्यमा पूर्ण रोक लगाइएको छ।
ललितपुर । ललितपुर जिल्लामा तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो ।
व्यवस्थित, मर्यादित, अनुशासित र एकता झल्काउने ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरिएको छ ।
पटका पड्काउने, आतिसबाजी गर्नेजस्ता कार्यमा पूर्ण रूपमा रोक लगाइएको कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण