उद्योगीमाथि भएको कुटपिटबारे छानबिन गर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन
सारांश
- मुख्यमन्त्री सोनलले जनकपुरका उद्योग वाणिज्य सङ्घका अध्यक्षमाथि कुटपिटबारे छानबिन गर्न निर्देशन दिए।
- प्रहरी र सुनचाँदी व्यवसायीबीच झडप हुँदा उद्योग वाणिज्य सङ्घका अध्यक्ष घाइते भएका थिए।
- दीपावलीको समयमा छापा मारेको भन्दै व्यापारीहरूले प्रहरीको विरोध गरेका थिए।
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले हिजो राति जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिट बारे छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरीको कुटाइबाट घाइते भएका सुरेन्द्र भण्डारीलाई आज अस्पतालमा गएर भेटेपछि मुख्यमन्त्री सोनलले मधेस प्रदेशका प्रहरी प्रमुखलाई फोन गरेर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
हिजो राति प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरूबिच झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरीले जिल्लाको सोनारपट्टीस्थित सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको थियो ।
त्यहाँ प्रहरी र सुन व्यवसायीबिच झडप हुँदा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भण्डारी घाइते भएका थिए । व्यापारीहरुले यसरी दीपावलीको समयमा राति राति आएर छापा मारेर दुःख दिने काम नगर्न भन्दै प्रहरीलाई प्रतिकार गरेपछि विवाद उत्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण