चेल्सीसँग हारेको १७ मिनेटमै फरेस्टले प्रशिक्षक पोस्टेकोग्लुलाई हटायो
सारांश
- नटिङ्घम फरेस्टले चेल्सीसँगको खेलमा पराजित भएपछि प्रशिक्षक एन्ज पोस्टेकोग्लुलाई बर्खास्त गरेको छ।
- पोस्टेकोग्लुको ३९ दिनको कार्यकाल प्रिमियर लिग इतिहासकै सबैभन्दा छोटो रह्यो, जसमा जित हासिल गर्न सकेनन्।
- क्लबले खराब नतिजाका कारण उनलाई हटाएको जनाएको छ, र नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ।
लण्डन । चेल्सीसँग शनिबार सिटी ग्राउन्डमा भएको खेलमा ३–० ले पराजित भएको १७ मिनेटपछि नै नटिङ्घम फरेस्टले मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुलाई बर्खास्त गरेको छ। सेप्टेम्बर ९ मा नियुक्त भएका अस्ट्रेलियाली पोस्टेकोग्लुको ३९ दिनको कार्यकाल प्रिमियर लिग इतिहासकै सबैभन्दा छोटो स्थायी प्रशिक्षण अवधि बनेको छ।
पूर्व टोटनह्याम प्रशिक्षकले फरेस्टको जिम्मेवारी सम्हालेका आठ खेलमध्ये कुनैमा पनि जित हासिल गर्न सकेनन्, जसमा दुई बराबरी र ६ हार समावेश छन् । प्रिमियर लिगका पाँच खेलमा जम्मा एक अङ्क मात्र बटुलेपछि फरेस्ट रेलिगेसन क्षेत्रभन्दा एक अङ्कले मात्र माथि १७ औँ स्थानमा छ।
क्लबले खराब नतिजाका कारण उनलाई तत्काल पदमुक्त गरिएको जनाएको छ। क्लबका मालिक इभान्जेलोस मारिनाकिस खेल हेर्न सिटी ग्राउन्डमा उपस्थित थिए। पोस्टेकोग्लुले खेलाडीहरूसँग बिदा माग्दै आफूले चाहेको नतिजा दिन नसकेकोमा माफी मागेका थिए।
क्लबले अब शन डाइच र फुलह्यामका मार्को सिल्भालाई नयाँ प्रशिक्षकको रूपमा हेरिरहेको बुझिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण