गुरुराज घिमिरेको प्रश्न- कम्युनिस्टहरूले महाधिवेशन तोकिसके हामीलाई केले रोक्यो ?
सारांश
- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको महाधिवेशन मिति तोक्न ढिलाइ गरेकोमा नेतृत्वको आलोचना गरे।
- घिमिरेले केन्द्रीय कार्यसमितिले बैठक लम्ब्याएको र महाधिवेशनको आदेश पालना गर्नुपर्ने बताए।
- उनले अन्य दलहरूले महाधिवेशनको मिति तोकिसकेको तर कांग्रेसले ढिलाइ गरेकोमा असन्तुष्टि व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको महाधिवेशन मिति तोक्न ढिलाइ गरेकोमा नेतृत्वको चर्को आलोचना गरेका छन् ।
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान नै चलाएका समूहलाई साथमा राखेर आइतबार पत्रकार सम्मेलन गर्दै घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समिति बैठक लम्ब्याएको समेत आरोप लगाए ।
‘पार्टी केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समितिको बैठक लम्ब्याएको छ’, घिमिरेले भने, ‘हामी यसरी किन बैठक सारिरहेका छौ, आज जनमानसले प्रश्न गरिरहेको छ ।’
उनले केन्द्रीय कार्यसमिति महाधिवेशन भन्दा उच्च नभएको भन्दै महाधिवेशनको आदेशलाई पालना गर्नुपर्ने बताए ।
‘अरू राजनीतिक दल र कम्युनिस्ट पार्टीहरूले मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरिसके’, उनले भने, ‘हामीलाई के ले रोक्यो ? हामीले आफूलाई विश्वको प्रजातान्त्रिक आन्दोलनको नमुना मान्छौ ।’
उनले नियमित र विशेष महाधिवेशन गर्ने दुईवटा बाटो रहेको र नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक गुरुकुलको प्रचार्य ठान्ने तर मुख्य नेताहरूले नै आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै आक्रोश पोखे ।
कांग्रेसको केन्द्रीय समिति बैठक आगामी कात्तिक १३ गतेलाई बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण