वीरगन्जमा झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु
आइतबार, ०२ कात्तिक २०८२, ११ : ०७
सारांश
- वीरगन्जमा झिलिमिली बत्ती लगाउने क्रममा १७ वर्षीय युवकको करेन्ट लागेर मृत्यु भएको छ।
- मृतक पियुसकुमार साहको घटनास्थलमै मृत्यु भएको हो, र उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भयो।
- घटना शनिबार साँझ वीरगन्ज महानगरपालिका-१ छपकैयामा भएको थियो, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
वीरगन्ज । वीरगन्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् ।
पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।
साहलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा पुर्याइएको थियो । तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ । मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण