मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिहरूलाई एकै ठाउँमा ल्याउने तयारी गरिरहेका छौँ : सागर ढकाल

सोमबार, ०३ कात्तिक २०८२, ०५ : ५८
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • युवा नेता सागर ढकालले नयाँ शक्तिहरूलाई मिलाएर राजनीतिक अस्थिरता अन्त्य गर्ने योजना बनाएका छन्।
  • उनले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने लगायतका नेताहरूको सकारात्मक पक्षको प्रशंसा गर्दै देशव्यापी रूपमा लैजानुपर्नेमा जोड दिए।
  • आगामी निर्वाचनमा कम्तिमा ५५ लाख मत ल्याउने लक्ष्यसहित काम भइरहेको र चुनाव जिते देशका लागि काम गर्ने बताए।

काठमाडौँ । युवा नेता सागर ढकालले नेपालको ७५ वर्ष पुरानो राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने उद्देश्यसहित सबै नयाँ शक्तिहरूलाई एकै ठाउँमा ल्याउने तयारी गरिरहेको खुलासा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले अहिले चिया पसलदेखि राष्ट्रपति कार्यालयसम्म सबैले नयाँ अनुहारहरूलाई मिलाउने चाहना व्यक्त गरिरहेको र यो देशव्यापी चाहनालाई मूर्त रूप दिन आफू सक्रिय भएको बताएका हुन्। 

उनले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, गोपी हमाल, कुलमान घिसिङ र जेनजी पुस्तासहित सबैमा सकारात्मक शक्ति देखेको उल्लेख गरेका छन्। उनले हर्कको श्रमदान, बालेनको शिक्षा क्रान्ति र गोपीको फोहोर व्यवस्थापन मोडलजस्ता सफल प्रयासहरूलाई देशव्यापी रूपमा लैजानुपर्नेमा जोड दिएका छन्।

ढकाल भने, ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नुपर्छ र मिलाइनेछ।’ उनले सबैलाई मिलाउने मोडेलका बारेमा कुरा भइरहेको र योजना बन्दै गरेको जानकारी दिएका छन्। आगामी निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा एउटै चुनाव चिह्नमा ५५ लाख मत कटाउने लक्ष्यसहित काम भइरहेको उनले बताएका छन्।

'गएको ७५ वर्षसम्म कुनै सरकारले पूरा कार्यकाल पुरा गरेको छैन। अब यसको अन्त्य गर्नु पर्छ,' उनले भनेका छन्। उनले अबको ६ महिना 'म' नभई 'हामी हाम्रो देश' भन्दै मेहनत गर्न आग्रह गरेका छन्। यदि चुनाव जितेमा देशका लागि काम गर्ने वा नजिते पनि आफूले चाहेको व्यक्तिलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाएर आ-आफ्नो काममा फर्किने उनको योजना रहेको छ। उनले देश-विदेशमा रहेका सबैलाई आउँदो ६ महिना सकेको मेहनत गर्न तयार रहन आह्वान गरेका छन्।

मिडिया ट्रायलबाट जोगिन आग्रह गर्दै उनले कसैलाई भेट्दैमा पार्टी खोल्यो भनी विश्वास नगर्न पनि सबैलाई अनुरोध गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप